Erani Mahal
देउवा समूहले छान्यो लुम्बिनी प्रदेशमा पदाधिकारीका उम्मेदवार
balkrisna_ifeEh93cIZ
नेपाली काँग्रेसको संस्थापन पक्षले लुम्बिनी प्रदेशका पदाधिकारीका उम्मेदवारको टुंगो लगाएको छ । गृहमन्त्री बालकृष्ण खाणले लुम्बिनी प्रदेशको संस्थापन पक्षकातर्फबाट पदाधिकारी चयन गरेको हो । सभापतिमा भरत शाह (रुपन्देही), उपसभापतिद्वयमा राजु खनाल (दाङ) सुधाकर पाण्डे (कपिलवस्तु) लाई उम्मेदवार बनाइएको छ । शेरबहादुर देउवा समूहले महामन्त्रीद्वयमा जन्मजय तिमल्सिना (बर्दिया) र खिमान सिंह रायमाझी (प्युठान)लाई उम्मेदवार बनाइएको छ । यस्तै सह(महामन्त्रीमा लक्ष्मी नारायण शाह (बाके), सरिता चौधरी (रुपन्देही) र माया पुन (बाँके) बनाइएको गृहमन्त्री बालकृष्ण खाणले बताउनुभयो । यसअघि रामचन्द्र पौडेल पक्षका पदाधिकारीहरूको नाम सार्वजनिक गरिएको थियो । पौडेल पक्षीय सभापतिमा अमरसिंह पुन (रोल्पा), उपसभापतिमा भुवन श्रेष्ठ (गुल्मी) र अष्टभुजा पाठक (रुपन्देही)ले उम्मेदवारी दिने हुनुभएको छ ।
प्रकाशित मिति: शुक्रबार, मंसिर १७, २०७८  १३:२५
प्रतिक्रिया दिनुहोस्
Weather Update