Erani Mahal
कक्षा १२ को नतिजा आज प्रकाशित हुँदै !
neb
काठमाण्डौं - कक्षा १२ को नतिजा आज शुक्रबार नै प्रकाशन गर्न राष्ट्रिय परीक्षा बोर्डको बैठक बस्दैछ । बोर्डको बैठक बिहान ९ बजे तय भएको बोर्डका सदस्यसचिव दुर्गाप्रसाद अर्यालले जानकारी दिनुभयाे । बाेर्डकाे निर्णयपछि नतिजा सार्वजनिक हुनेछ । गत ३० भदौदेखि ८ असोजसम्म सञ्चालन भएको कक्षा १२ को वार्षिक परीक्षाको नतिजा सार्वजनिक हुन लागेको हो । परीक्षामा ३ लाख ७४ हजार विद्यार्थी सहभागी थिए ।
प्रकाशित मिति: शुक्रबार, मंसिर १७, २०७८  ०९:१३
प्रतिक्रिया दिनुहोस्
Weather Update