Erani Mahal
पाल्पाकाे साेमादीमा ट्रिपर दुर्घटना, एक जना घाइते
tipper
पाल्पा – जिल्लाको रैनादेवी छहरा–२, भर्लेमा ट्रिपर दुर्घटनमा परेको छ । पाल्पाको तानसेनबाट सिद्देश्वरतर्फ जाँदै गरेको लु २ ख ४६३१ नम्बरको टिप्प्र बिहीबार दिउँशो दुर्घटनामा परेको हो । दुर्घटनामा परी टिप्पर चालक सामान्य घाइते भएको र उनको तानसेन अस्पतालमा उपचार भईरहेको छ । टिप्पर सडकदेखि ६० मिटर तल खसेको प्रत्यक्षदर्शीले बताएका छन् । अत्याधिक गतिका कारण दुर्घटना भएको हुन सक्ने अनुमान गरिएको छ ।
प्रकाशित मिति: बिहीबार, मंसिर १६, २०७८  १८:३०
प्रतिक्रिया दिनुहोस्
Weather Update