Erani Mahal
यसरी देखिनुस् स्लीम
1255765543weight-loss
स्लीम देखिनु हरेक महिलाको सपना हुन्छ । तर यो चाहना सबैको पूरा हुँदैंन । अनियमित, असन्तुलिन खाना, तनाव र लगातार दौडादौडको जिन्दगीका बीच धेरै मानिससंग आफैंका लागि समय हुँदैंन । जसले गर्दा मोटोपना बढी हाल्छ । समग्रमा भन्ने हो भने मोटाउनुमा खानाकै बढी भूमिका हुन्छ । धेरै खानु या लामो समय नखानु या बढी क्यालोरी भएको खाना खानु पनि मोटाउनुको कारण हो । त्यसैले तौल घटाउनु छ भने खाने शैली पनि बदल्नु जरुरी छ । यसको सुरुवात कम तेल र कम मसला भएको खानाबाट गर्नुपर्छ । आजकाल मानिसहरु तौल कम गर्न हाइप्रोटीनयुक्त खाना र बढी कार्बोहाइड्रेटमा जोड दिन्छन् । तर मानिसको स्वास्थ्यका लागि सबै पोषक तत्व पर्याप्त मात्रामा भएको खाना चाहिन्छ । त्यसैले महिलाको तौल घटाउन कस्तो खाना खान सकिन्छ । जानौं : १. कम चिल्लो भएको दुग्धजन्य पदार्थ आफ्नो खानामा कम चिल्लो भएको दूध या दही सामेल गर्नुपर्छ । दूधमा चिल्लोपदार्थ कम गर्न पानी हाल्नुहुन्न, यसबाट दूधको पोषक तत्व कम हुन्छ । त्यसको साटो दूधको तर निकाल्नुपर्छ । सोयाबाट बनेको पनीर, दूध, दही खान सकिन्छ । जसलाई दूध या सोयाको एलर्जी छ, निम्बु, गोलभेंडा, मेथी, पालुंगो, बदाम, काजुजस्ता पदार्थ खाएर क्याल्सियमको कमी पूरा गर्न सकिन्छ । २. मौसमी फल मौसमअनुसारका फलफूल खानु स्वास्थ्यका लागि लाभदायी हुन्छ । जुसको साटो ताजा फल खाए झन् राम्रो हुन्छ । स्याउमा पेक्टिन नामको रासायनिक पदार्थ हुन्छ । स्याउका साथै अधिकांश फलको बोक्रामा पेक्टिन हुन्छ,जसले शरीरमा जमेको चिल्लोपदार्थ काट्छ । ३. सोयाबिन र ड्राइ फ्रुट्स सोयाबिनमा रहेको लेसिथिन केमिकलले शरीरका कोषिकामा चिल्लो पदार्थ जम्न दिँदैंन । सातामा कम्तीमा पनि ३ पटक सोयाबिन खानाले शरीरमा चिल्लोबाट लड्ने क्षमता वृद्धि हुन्छ । सोयाबिनलाई उमारेर बिहानै पनि खान सकिन्छ । यसका अलावा लसुनको रसले पनि चिल्लो काड्छ । लसुन काँचै चपाएर खाएमा झन् राम्रो हुन्छ । साथै दिनहुँ नियमित रुपमा बदाम, किसमिस, ओखर, पेस्ता खानु राम्रो हुन्छ । ४. खाना खानुअघि फलफुल खाने खाना खानुअघि फल खानु पनि एक विकल्प हो । धेरै खानबाट बच्न कम्तीमा पनि आधा घण्टाअघि फल खाने सल्लाह दिइन्छ । यसले खाना पचाउने पनि काम गर्छ । खाली पेटमा फल खानाले पाचन प्रणाली विषाक्त हुन पाउदैंन । र तौल काम गर्न मानिसलाई बढी उर्जा पनि दिन्छ । ५. सुप पिउने खाना अघि सुप पिउनाले भोक नियन्त्रणमा राख्न मद्धत गर्छ र बढी खाना खानबाट रोक्न सकिन्छ । तर क्रिमयुक्त नभई सादा सुप लिनुपर्छ । ६. पानी पिउने दिनमा २–३ लिटर पानी पिउनुपर्छ । यसले चिल्लो काड्नेमात्र नभई शरीरमा भएको विषाक्त पदार्थ बाहिर निकाल्न मद्धत गर्छ । भोक कम गर्छ । कब्जियत हटाउँछ । खाना खाएको १५ मिनेटपछि मन तातो पानी बिस्तारै पिउनुपर्छ । पानी पिउँदा चिसो होइन, मन तातोपानी बढी उपयोगी हुन्छ ।
प्रकाशित मिति: बिहीबार, मंसिर १६, २०७८  १६:५३
प्रतिक्रिया दिनुहोस्
Weather Update