Erani Mahal
ग्लोवल आइएमई बैंकद्वारा पाल्पामा वित्तिय साक्षरता
259933121_456249772802892_1664571157249498842_n
पाल्पा– ग्लोवल आईएमई बैंकद्वारा पाल्पामा वित्तिय साक्षरता तथा डिजिटल बैंकिङसम्बन्धि साक्षरता कार्यक्रम सम्पन्न गरेको छ । बैंकले सरकारको डिजिटल बैंकिङ्को नीतिलाई आत्मसाथ गर्दै ग्राहकहरुलाई डिजिटल भुक्तानी, ईसेवा, डिजिटल सेवाहरुको बारेमा जानकारी गराएको थियो । पाल्पा शाखाका प्रबन्धक विरबहादुर सारुको संचालनमा भएको कार्यक्रममा बैंकका केन्द्रीय मार्केटिङ्ग प्रमुख, डिजिटल हेडका प्रमुखले डिजिटल बैंकिङ्, यसको महत्व, आवश्यकता, बैंकका सेवाहरुका विषयमा सहजिकरण गर्नुभएको थियो । कार्यक्रममा पाल्पाका उद्योगी, व्यवसायी, संघ संस्थाका प्रमुख प्रतिनिधि, पत्रकार, नागरिक समाज लगायतको सहभागिता रहेको थियो ।
प्रकाशित मिति: बुधबार, मंसिर १५, २०७८  ०८:०७
प्रतिक्रिया दिनुहोस्
Weather Update