Erani Mahal
पाल्पामा फेरि बढ्न थाल्यो संक्रमित, पछिल्लो २४ घण्टामा थपिए १३
coronavirus_
पाल्पा –पाल्पामा निरन्तर घटेको सक्रिय संक्रमितको संख्या फेरि बढ्न थालेको छ । पाल्पामा पछिल्लो २४ घण्टामा १ सय ७५ जनाको एन्टिजेन र पीसीआर परीक्षण गर्दा १३ जनामा संक्रमण देखिएको स्वास्थ्य कार्यालय पाल्पाले जनाएको छ । स्वास्थ्य कार्यालय पाल्पाका अनुसार पूर्वखोला गाउँपालिकाका १ जना, रैनादेवी छहरा गाउँपालिकाका १ जना, रम्भा गाउँपालिकाका १ जना, बगनासकाली गाउँपालिकाका ४ जना, रिब्दीकोट गाउँपालिकाका ३ जना र तानसेन नगरपालिकाका ३ जनामा कोरोना पुष्टि भएको हो । योसँगै पाल्पामा कोरोना संक्रमितको संख्या ३२ जना पुगेको स्वास्थ कार्यालय पाल्पाले बुधबार सार्वजनिक गरेको तथ्यांकमा उल्लेख गरेको छ । तीमध्ये ३ जना संक्रमणमुक्त भएका छन् । भौतिक दूरी कायम नहुँदा र आवतजावतका क्रममा मास्कको समुचित प्रयोगमा ध्यान नदिँदा जोखिम बढेको हो ।
प्रकाशित मिति: बुधबार, मंसिर १५, २०७८  १६:५१
प्रतिक्रिया दिनुहोस्
Weather Update