Erani Mahal
सञ्चारिका समूह रुपन्देहीको अध्यक्षमा पुन : गौतम
sancharika-1024x697
बुटवल – सञ्चारिका समूह रुपन्देहीको अध्यक्षमा पुनः निरु गौतम चयन हुनुभएको छ । तिलोत्तमामा मँगलबार सम्पन्न समूहको छैटौंं वार्षिक साधारणसभा तथा चौथो अधिवेशनले गौतमलाई आगामी ३ वर्षे कार्यकालका लागि अध्यक्ष बनाएको हो । समूहको उपाध्यक्षमा मिना भट्टराई, महासचिवमा मिना पाण्डे (अस्मिना), सचिवमा पुजा पन्थी तथा कोषाध्यक्षमा कल्पना डुम्रे सर्बसहमतिमा चयन हुनुभएको हो । कार्यसमितिको सदस्यहरुमा सुशीला पोखरेल, प्रतिमा गौतम, मनु गुरुङ, तिर्सना सेञ्चुरी, सारदा शाही, विष्णु खत्री र सुमित्रा चापागाईं रहेनु भएको छ । थप एक जना सदस्य समूहको पहिलो बैठकले मनोनित गर्ने सचिव पन्थीले जानकारी दिनुभयो । नवनिर्वाचित समितिलाई सञ्चारिका समूह लुम्बिनीकी अध्यक्ष तथा निर्वाचन समिति संयोजक पार्वती पाण्डेले पद तथा गोपनियताको सपथ खुलाउनु भएको छ । सो अवसरमा शुभकामना व्यक्त गर्दै पाण्डेले सञ्चारिकाको नामलाई थप उचो बनाउने गरी काम गर्न निर्वाचिन समितिहरुलाई आग्रह गर्नुभयो । अध्यक्ष भएपछि प्रतिवद्धता व्यक्त गर्दै अध्यक्ष गौतमले सञ्चारिकका समूहका लागि कम्तिमा ५ लाख बराबरको अक्षकोष स्थापना गर्ने तथा सञ्चारिकाहरुका लागि लेखनवृत्ति सञ्चालन गर्ने बताउनुभयो ।
प्रकाशित मिति: बुधबार, मंसिर १५, २०७८  ११:०८
प्रतिक्रिया दिनुहोस्
Weather Update