Erani Mahal
प्रधानसेनापति शर्माद्वारा पाल्पा दरबारभित्रकाे 'सैनिक सङ्ग्राहलय'काे उद्घाटन
20211130_100947
पाल्पा – पाल्पा दरबार सङ्ग्राहलयमा नेपाली सेनाको पाल्पास्थित गोरखदल गणले तयार गरेको सैनिक सङ्ग्राहलयको उद्घाटन गरिएको छ । नेपाली सेनाका प्रधानसेनापति प्रभुराम शर्माले सैनिक सङ्ग्राहलयको उद्घाटन गर्नुभएको थियो । लुम्विनी प्रदेश सरकारको सहयोगमा गोरखदल गणले तयार गरेको सैनिक सङ्ग्राहलयमा नेपाली सेनाको इतिहास, जीतगढी किल्ला विजय गरेको इतिहास झल्काउने सामग्री तथा युद्धका बेला प्रयोग भएको सैन्य सामग्री समेत राखिएको छ । गोरखदल गणका गणपति जनककुमार बस्नेतले एक करोड २५ लाखमा सङ्ग्राहलय तयार भएको जानकारी दिनुभयो । उहाँले सङ्ग्राहलयभित्र सेनाको विषयमा जानकारी दिने ५ वटा कक्ष तयार गरिएको बताउनुभयो । सङ्ग्राहलयभित्र तत्कालिन सेनाले प्रयोग गरेका घरेलु हतियार, बस्दोबस्तीका सामान, तोप, गोला, पोशाक लगायत सङ्ग्रह गरिएको बस्नेतले जानकारी दिनुभयो । सङ्ग्राहलयले पाल्पाको पर्यटन विकासमा टेवा पु¥याउने पाल्पाका प्रमुख जिल्ला अधिकारी जगन्नाथ पन्तले बताउनुभयो । पाल्पा दरबार सङ्ग्राहलयभित्र लुम्विनी प्रदेशभित्रका जातजाति तथा समुदायको महत्वपूर्ण सांस्कृति पक्ष झल्कने सामग्री समेत राखिएको छ । पाल्पा आउने आन्तरिक र बाह्य पर्यटकका लागि पाल्पा दरबार सङ्ग्राहलय हेर्न र अध्ययन् गर्न लायक बनेको प्रजिअ पन्तले बताउनुभयो । यसैबीच प्रधानसेनापति शर्माले गाेरखदल गणले तयार गरेकाे सैनिक संग्राहलयकाे अवलाेकन गर्नुभएकाे थियाे । साथै निसान तथा भगवती मन्दिर, गाेरखदल गण व्यारेक अवलाेकन गर्नुभएकाे थियाे । साेही अवसरमा शर्माले पाल्पा जिल्लाका क्रियाशिल सामाजिक संघसंस्थाका प्रमुख तथा प्रतिनिधिहरूसँग अन्तरक्रिया समेत गर्नुभएकाे थियाे । उहाँले पाल्पाली जनसमुदाय र सेनाकाे हार्दिकता र भातृत्व सदैब कायम रहाेस् भन्ने शुभकामना दिनुभएकाे थियाे ।
प्रकाशित मिति: मंगलबार, मंसिर १४, २०७८  २०:२१
प्रतिक्रिया दिनुहोस्
Weather Update