Erani Mahal
पाल्पाको सिद्धार्थ राजमार्गका होटल अनुगमन
261593241_202453388717901_4012091751860633611_n
पाल्पा– पाल्पा जिल्लामा पहिलो पटक वयल टेस्टोमिटरको प्रयोग गरि सिद्धार्थ राजमार्गमा अवस्थित होटल रेष्टुरेण्टमा प्रयोग हुने तेलको गुणस्तर परिक्षण गरिएको छ । तार्ने वा पकाउने प्रयोजनको लागि प्रयोग हुने तेलमा ओइल टेस्टोमिटर प्रयोग गरि गुणस्तर परिक्षण गरिएको हो । सिद्धार्थ राजमार्ग अन्तर्गत पाल्पाको तिनाउ गाउँपालिका वडा नं. ५ को गौणे पुल देखि जोरधारा सम्मको ३३ वटा होटल तथा रेष्टुरेण्टमा गरिएको घरेलु तथा साना उद्योग कार्यालय पाल्पाका उद्योग अधिकृत देविराम भण्डारीले बताउनुभयो । अनुगमन गर्दा १० वटा होटल तथा रेष्टुरेण्टमा प्रयोग गरिरहेको तेलमा टोटल पोलार मटेरियल २५ प्रतिशत भन्दा बढी पाइएकोले करिब २२ लिटर तेल संयुक्त अनुगमन टोलीले नष्ट गरेको छ । खाद्य मापदण्ड अनुसार टोटल पोलार मटेरियल २५ प्रतिशत बढी भएमा तार्ने वा पकाउन प्रयोग गर्न मिल्दैन । साथै अनुगमनका क्रममा सरसफाइमा विशेष ध्यान दिन र तारेका खानेकुरा राख्न पत्रिकाको प्रयोग नगर्न निर्देशन दिएको छ । तारेका खानेकुरा पत्रिकामा राख्दा अक्षरहरुको मसीमा प्रयोग गरीएको रसायनले खाद्य वस्तुलाई असर गर्दछ । अनुगमन खाद्य प्रविधि तथा गुण नियन्त्रण डिभिजन कार्यालय पाल्पाको संयोजन तथा जिल्ला प्रशासन कार्यालय पाल्पा, घरेलु तथा साना उद्योग कार्यालय पाल्पा, तिनाउ गाउँपालिका, नेपाल प्रहरी (दोभान) र पाल्पा उद्योग वाणिज्य संघको सहभागितामा गरिएको थियो ।
प्रकाशित मिति: मंगलबार, मंसिर १४, २०७८  ११:१३
प्रतिक्रिया दिनुहोस्
Weather Update