Erani Mahal
काँग्रेसको गुल्मी सभापतिमा पौडेल पक्षका पन्थी निर्वाचित
Khildhoj-panthi_Rh5cxGEJVq
नेपाली काँग्रेस गुल्मीको सभापतिमा पौडेल पक्षका खिलध्वज पन्थी निर्वाचित हुनुभएको छ । पन्थीले एक हजार २७१ मत ल्याएर जिल्ला सभापतिमा निर्वाचित हुनुभएको हो । उहाँका प्रतिस्पर्धी बेदबहादुर थापा मगरले ३८४ मत ल्याएर पराजित भएको हो् । शनिबार र आइतबार सभापतिसहित जिल्ला कार्यसमितिका लागि मतदान भएको थियो । सभापतिमा निर्वाचित पन्थी रामचन्द्र पक्षसँग निकट हुनुहुन्थ्यो भने पराजित हुने थापा देउवा पक्ष निकट मानिन्छन् । जिल्ला निर्वाचन समितिका अनुसार दुई जना जिल्ला उपसभापतिका लागि तीन जनाबीच प्रतिस्पर्धा भएको थियो । जसमा अनन्तराम पौडेलले एक हजार १८७ र शिवबहादुर खत्रीले एक हजार ३३ मत ल्याएर निर्वाचित हुनुभएको छ । यस्तै, दुई जना जिल्ला सचिव पदका लागि पाँच जनाबीच प्रतिस्पर्धा भएको थियो । जसअनुसार जगदीश भट्टराईले ९९१ र भगतसिंह खड्काले एक हजार २२ मत ल्याएर निर्वाचित हुनुभएको छ् । त्यस्तै दुई जना जिल्ला सह–सचिव पदका लागि चार जनाबीच प्रतिस्पर्धा भएको थियो । जसअनुसार छविलाल पाण्डेले एक हजार १३३ मत र धर्मराज पाण्डेले ८५० मत ल्याएर निर्वाचित भएको हो । महाधिवेशनका लागि एक हजार ७६१ जना प्रतिनिधि रहेका थिए । मतदानकै क्रममा शनिबार जिल्ला सदरमुकाम तम्घासमा मुसिकोट नगरपालिकामा केहीबेर मतदान चलिरहेका बेला मतपत्रका संकेत गरिएको भन्दै केही बेर मतदान नै स्थगित गरिएको थियो । सहमति पश्चात रोकिएको मतदान आइतबार मतदान पुनः गरिएको थियो । आइतबार रातिबाटै मतगणना गरिएको थियो । सभापतिका विजेता पन्थी केन्द्रमा पौडेल पक्ष नजिक भएपनि केन्द्रीय सदस्य चन्द्र भण्डारीसँग निकट छन् ।
प्रकाशित मिति: सोमबार, मंसिर १३, २०७८  १५:३४
प्रतिक्रिया दिनुहोस्
Weather Update