Erani Mahal
कोरोनाको नयाँ भेरियन्ट: अफ्रिकी नागरिकलाई नेपाल प्रवेशमा रोक
airport1608722767
काठमाडौं– कोभिड १९ को नयाँ भेरियन्ट (ओमीक्रोन स्ट्रेन) फैलिन थालेपछि गृह मन्त्रालयले अफ्रिकी नागरिकलाई नेपाल प्रवेशमा रोक लगाउने निर्णय गरेको छ। अफ्रिकी मुलुकमा कोरोना भाइरसको नयाँ भेरियन्ट (ओमीक्रोन स्ट्रेन) देखा परेको र उक्त स्ट्रेन अन्य देशमा पनि फैलिँदै गएपछि अर्को व्यवस्था नभएसम्मका लागि अफ्रिकी नागरिकलाई नेपाल प्रवेशमा रोक लगाउने निर्णय गरिएको गृह मन्त्रालयका प्रवक्ता फणिन्द्रमणि पोखरेलले जानकारी दिनुभयो । अफ्रिकी नागरिकलाई नेपाल प्रवेशमा रोक लगाउने आदेश अध्यागमन विभागलाई आइतबार दिइसेकेको पोखरेलले बताउनुभयो । उहाँका अनुसार कूटनीतिक, सरकारी औपचारिक र आपतकालीन काम बाहेकक अफ्रिकी नागरिकलाई नेपाल प्रवेशमा तत्काललाई रोक लगाउने आदेश अध्यागमनलाई दिइएको छ।
प्रकाशित मिति: सोमबार, मंसिर १३, २०७८  १५:०१
प्रतिक्रिया दिनुहोस्
Weather Update