Erani Mahal
नेकपा माओवादी केन्द्र निस्दीको अध्यक्षमा खत्री
260198671_579591549812973_4191423688125871658_n
धनबहादुर ठाडा, पाल्पा - एकीकृत नेकपा माओवादी केन्द्र निस्दीको अध्यक्षमा रामप्रसाद खत्री चयन हुनुभएको छ। शनिबार गल्धाको ढुंगानावेशीमा सम्पन्न माओवादीको सम्मेलनले खत्री अध्यक्षमा चयन हुनुभएको हो। निस्दी गाउँपालिका पाल्पाको सातै वडाको पार्टी प्रतिनिधिहरुको सम्मेलनले ५५ सदस्यीय नयाँ कमिटी गठन गरेको छ । कमिटीको उपाध्यक्षमा नोल कुमार वयम्बु, जगत सुनारी र झम माया सुनारी रहेका छन् । सचिवमा भुपिन्द्र सुनारी, सहसचिवमा नवीन आले र कोषाध्यक्षमा वेद बहादुर खण्डलुक चयन हुनुभएकाे छ । कमिटीका अध्यक्ष रामप्रसाद खत्रीको अध्यक्षतामा भएको सम्मेलनले सबै पदाधिकारी सार्वसहमतिद्वारा चयन गरेको पार्टीले जनाएको छ।
प्रकाशित मिति: आइतबार, मंसिर १२, २०७८  १३:४६
प्रतिक्रिया दिनुहोस्
Weather Update