Erani Mahal
पाल्पामा गोरुले दाइँ हाल्ने परम्परा हराउँदै
261487371_1043551186496439_8639134256027451553_n
सुमन गाहा,पाल्पा – पाल्पाका अधिकांश क्षेत्रमा मौलिक कृषि संस्कृति लोप हुर्दै गएकोे छ । पहिला कार्तिक मंसिरको समयमा खेतका गरा खुर्कने, धानको मुठा झाँटेने, गोरु धपाउँदै, पराल माड्दै, परालको भारी हाल्दै आपसमा धेरै मान्छे मिलेर दाइँ हाल्ने परम्परा थियो । केही वर्ष अघिसम्म गोरु र मान्छेकै सहारामा दाइँ हाल्दै आएका पाल्पाका अधिकांश किसानहरु पछिल्लो समयमा आधुनिक थ्रेसर मेसिनको प्रयोग गरी दाइँ हाल्दै आएका छन् । थ्रेसर मेसिनको प्रयोगले किसानको समय, श्रम र पैसाको बचत भएता पनि मौलिक संस्कृति हराउँदै जान थालेको छ । गाउँघरमा अर्मपर्म गरेर खेती लगाउने, खेती थन्काउने चलन थियो । पछिल्लो समय थ्रेसरको प्रयोग बढेसँगै दाइँ गर्र्ने र गोरुले जोत्र्ने संस्कृति हराउँदै गएको माथागढी गाँउपालिका – १ पुर्ण बहादुर थापाले बताउनुभयो । ‘अहिले प्राय : गाउँगाउँमा सडकको पहुँच पुगेको छ । ती गाउँठाउँमा अहिले छिटो र सजिलोको लागि जोत्नका लागि ट्याक्टर, सडकको पहुँच नपुगेको ठाउँ पनि हाते ट्याक्टर प्रयोग गर्दै आएको र धान झाँटन र दाँइ गर्न एकैचोटि हुने भएकाले थ्रेसरकै प्रयोग बढ्दो छ,’ उहाँले भन्नुभयो । विशेषगरी पाल्पाको रामपुर फाँट, अर्गली फाँट, माडी फाँट, कचल फाँट, झडेवा फाँट र सर्देवा फाँट लगायतका ठाउँका किसानहरुले पछिल्लो समय े ट्याक्टर र थ्रेसर मेसिन प्रयोग गर्दै आएका छन् । श्रम, पैसा र समयको बचत हुने भएका कारण जिल्लाका अधिकांश किसानहरुले पछिल्लो समय आधुनिक कृषि उपकरणको उपयोग गरी खेतीपाती गर्दै आएका छन् । मुख्यतः पैसा र समयको बचत हुने भएकै कारण किसानहरु टयाक्टर र थ्रेसर मेसिनतर्फ आकर्षित भएका छन् । आधुनिकताका नाउँमा ‘मौलिक कृषि संस्कृति लोप हुन्छ कि !’भन्ने ठूलो चिन्ता छ, पाका पुस्तालाई । आधुनिक प्रविधिको विकासले किसानलाई सजिलो बनाएता पनि मौलिक कृषि संस्कृतिलाई पनि जोगाउनु उत्तिक्कै आवश्यक छ ।
प्रकाशित मिति: आइतबार, मंसिर १२, २०७८  १३:३३
प्रतिक्रिया दिनुहोस्
Weather Update