Erani Mahal
पाल्पामा आइतबार १ जनामा मात्रै कोरोना संक्रमण पुष्टि
coronavirus_
पाल्पा–पाल्पामा पछिल्लो २४ घण्टामा १ जनामा कोरोना संक्रमित पुष्टि भएको छ । जिल्ला स्वास्थ्य कार्यालय पाल्पाले आइतबार सार्वजनिक गरेको कोरोना रिपोर्टमा १ जनामा मात्रै कोरोना संक्रमण पुष्टि भएको हो । स्वास्थ्य कार्यालय पाल्पाका अनुसार तानसेन नगरपालिकाका १ जनामा कोरोना पुष्टि भएको हो ।पीसीआर माध्यम्बाट गरी कुल १६ जनाको कोरोना परीक्षण गरिएकोमा १ जना संक्रमित भएका छन् । यस्तै स्वास्थ्य कार्यालयले आइतबार ८ जना संक्रमित निको भएको जनाएको छ । योसँगै जिल्लामा कोरोनाका सक्रिय सङ्क्रमितको संख्या २७ पुगेको छ । सक्रिय संक्रमितमध्ये २४ जना होम आइसोलेसनमा र ३ जना विभिन्न अस्पतालमा उपचाररत रहेका छन् ।
प्रकाशित मिति: आइतबार, मंसिर १२, २०७८  १३:००
प्रतिक्रिया दिनुहोस्
Weather Update