Erani Mahal
मानिसको आँखा कति मेगापिक्सेलको हुन्छ ?
eye_20211125064900
हाम्रो शरीरको महत्वपूर्ण अंग आँखा हो। यसले हामीलाई संसार देखाउँछ। हाम्रो आँखा करिब २० लाख अलग–अलग भाग मिलेर बनेको हुन्छ। आँखाका बारेमा केही रोचक तथ्य यस्ता छन्। – मानिसको ६५ प्रतिशत दिमाग आँखालाई सम्हाल्न प्रयोग हुन्छ। – हाम्रो आँखाले केवल ३ वटा रंग मात्रै देख्न सक्छ। यिनै रंगहरू मिलाएर मानिसले करोडौं रंग देख्छ। – मानिसको आँखा र डिजिटल क्यामेराको तुलना गर्ने हो भने मानिसको आँखा करिब ५७६ मेगापिक्सेलभन्दा बढीको हुन्छ। त्यही कारणले आँखाले कुनै कुरालाई झण्डै २ मिलिसेन्डमै फोकस गर्न सक्छ। – आँखामा भएको शक्तिशाली केमिकलले धुलो, धुवाँ आदि छान्न सक्छ। यदि आँखाको पर्दामा कुनै चोट लागेमा २४ घन्टाभित्र त्यो ठीक हुन्छ। – संसारमा मानिस र कुकुरले कसैको आँखा हेरेर उसको बिचार बुझ्न सक्छन्। – आँखाको नानी जन्मँदा जत्रो हुन्छ जीवनभर त्यत्रै रहन्छ। – मानिसले १ दिनमा लगभग ११ हजार पटक आँखा झिम्क्याउँछन्। – मानिसको आँखाले कुनै अचम्मको कुरा देख्यो भने उसको आँखा ४५ प्रतिशत ठूलो हुन्छ। – आँखाको औसत वजन ८ ग्राम हुन्छ। – हामीले सबैभन्दा धेरै कुरा आँखाको माध्यमबाटै सिक्छौं। – प्रकृतिमा यस्ता पनि रंग छन्, जुन मानव आँखाले देख्न सक्दैनन्। – नीलो आँखा हुने व्यक्तिले अन्यको दाँजोमा ज्यादा सफा देख्छन्। उनीहरू राति पनि अन्यले भन्दा राम्रो देख्न सक्छन्। – संसारमा ५ प्रतिशत मानिसको आँखा नीलो हुन्छ। – मानिसको आँखा बाजको आँखाभन्दा ५ गुणा ज्यादा कमजोर हुन्छ। – मानव आँखामा कोर्नियाँ नामक एउटा टिस्यु हुन्छ। जसमा रगतको सट्टा अक्सिजन बग्छ। – खासमा हामी आँखाले देख्दैनौं। यसले त बाहिरको कुरा मस्तिष्कमा पुर्‍याउने काम मात्रै गर्छ। मस्तिष्कले बताएपछि मात्रै देखिएको कुरा के हो भन्ने हामी थाहा पाउँछौं। – मौसम सफा भएको बेलामा हामी लगभग ५० किलोमिटर टाढाको बत्ती देख्न सक्छौं। – एक सेकेन्डमा पाँचपटक आँखा झिम्क्याउन सकिन्छ। – शरीरका अन्य भागको भन्दा तेज मंसपेशी आँखामा हुन्छन्। – एक साधारण व्यक्तिको आँखा हरेक सेकेन्डमा ५० अलग–अलग वस्तुमा ध्यान केन्द्रित गर्न सक्छ। – डल्फिन माछा एउटा आँखा खुला राखेर सुत्छ।
प्रकाशित मिति: आइतबार, मंसिर १२, २०७८  ११:४८
प्रतिक्रिया दिनुहोस्
Weather Update