Erani Mahal
कोरोनाको नयाँ प्रजाति ओमीक्रोनबारे छलफल गर्न सीसीएमसीको बैठक बस्दै
ccmc office1638072169
कोभिड–१९ को नयाँ प्रजाति ‘ओमिक्रोन’ भाइरस नेपाल भित्रिन नदिन सरकारले उच्च सतर्कता अपनाउने तयारी गरेको छ । सम्भावित जोखिम रोकथाम तथा नियन्त्रणका लागि दक्षिण अफ्रिका लगायत ‘ओमिक्रोन’ भाइरस फैलिएका विभिन्न मुलुकबाट आउने यात्रुको स्वास्थ्य परीक्षण निगरानी बढाइने भएको छ । सोही विषयमा थप छलफल तथा निर्णय गर्न आज (आइतबार) कोभिड–१९ सङ्कट व्यवस्थापन समन्वय केन्द्र (सीसीएमसी)को बैठक बस्दै छ । बैठकमा स्वास्थ्य विज्ञहरुको समेतद सहभागिता रहने बताइएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले यो भाइरस संक्रमण फैलिएको पुष्टि भएका मुलुकबाट आउनेहरुका लागि एकसातासम्म अनिवार्य क्वारेण्टाइन बस्नुपर्ने व्यवस्था लागू गर्ने विषयमा छलफल गरेको छ । बैठकमा कोभिड–१९ खोप लगाइ तथा नलगाई आउने यात्रुलाई होटल क्वारेन्टिन अनिवार्य बस्नुपर्ने नियम ल्याउने देखि विमानस्थलमै एन्टिजेन परीक्षण अनिवार्य गर्ने विषयमा समेत छलफल हुने जनाइएको छ । नेपालसँग सीधा हवाइ सम्पर्क रहेको चीनको स्वसाशितक्षेत्र हङकङमा समेत संक्रमण पुष्टि भएपछि सरकारले उच्च सतर्कता अपनाउने तयारी गरेको हो । दक्षिण अफ्रिकासहित युरोपका बेल्जियम र जर्मनी लगायत मुलुकहरुमा समेत यो संक्रमण भित्रिएको विश्व स्वास्थ्य संगठनले पुष्टि गरिसकेको छ । कोभिड–१९ को नयाँ भेरियण्टप्रति सतर्क र सुरक्षित रहन सर्वसाधारणमा आग्रह गरेको छ ।
प्रकाशित मिति: आइतबार, मंसिर १२, २०७८  ११:२५
प्रतिक्रिया दिनुहोस्
Weather Update