Erani Mahal
माओवादी केन्द्र गुल्मीको १० पालिकामा नयाँ नेतृत्व, चन्द्रकोट र धुर्कोट बाँकी
Malika.jpg_0sNLeqEQOd
गुल्मी – मंसिर १० र ११ गते गरेर माओवादी केन्द्र गुल्मीले १० पालिकामा नयाँ नेतृत्व चयन गरेको छ । रेसुंगा नगरपालिकामा लुम्बिनी प्रदेशसभा सदस्य गीता थापाको अध्यक्षतामा नयाँ नेतृत्व ५० सदस्यीय नगर कमिटी चयन भएको छ । मुसिकोट नगरपालिकामा दुर्गा विकको अध्यक्षतामा ५१ सदस्य नगर कमिटी गठन गरिएको छ । गुल्मी दरवार गाउँपालिकामा पुनाराम ज्ञवालीको अध्यक्ष रहेको ४९ सदस्य गाउँकमिटी गठन गरिएको माओवादी केन्द्र गुल्मीका संयोजक बिर बहादुर कार्कीले जानकारी दिनुभयो । छत्रकोट गाउँपालिकामा लोकनाथ पाण्डेयको अध्यक्षतामा ४९ सदस्य गाउँ कमिटी गठन गरिएको छ भने सत्यवति गाउँपालिकामा यमु गैरेको अध्यक्षतामा ४९ सदस्यीय गाउँकमिटी गठन गरिएको कार्कीले बताउनुभयो । इस्मामा बसन्त सुनारको अध्यक्षतामा ३६ सदस्यीय कमिटी बिस्तार गरिएको छ । रुरु क्षेत्र गाउँपालिकामा यदु ज्ञवालीको अध्यक्षतामा ५५ सदस्यीय नयाँ नेतृत्व चयन भएको छ । कालिगण्डकी गाउँपालिकामा लिल बहादुर केसीको अध्क्षतामा ५३ सदस्य नयाँ गाउँ कमिटी गठन भएको माओवादी केन्द्र गुल्मीका जिल्ला सचिवालय सदस्य तेजेन्द्र सलामीले जानकारी दिनुभयो । मालिका गाउँपालिकामा देविराम अर्यालको नेतृत्वमा ४९ सदस्यीय नयाँ कमिटी गठन गरिएको छ । त्यस्तै मदाने गाउँपालिकामा बेगम चन्द बोहोराको नेतृत्वमा ५छ सदस्यीय गाउँ कमिटी गठन गरिएको माओवादी केन्द्र लुम्बिनी प्रदेश कमिटी सदस्य बुद्धि जिसीले जानकारी दिनुभयो । जिसीका अनुसार मंसिर १२ गते चन्द्रकोट गाउँपालिकाको अधिवेशन आयोजना गरिएको छ भने भने मंसिर १३ गते धुर्कोट गाउँ कमिटीको अधिवेशन उद्घाटन गर्न लुम्बिनी प्रदेशमा मुख्य मन्त्री कुल प्रसाद केसी आउने कार्यक्रम रहेको रहेको छ ।
प्रकाशित मिति: आइतबार, मंसिर १२, २०७८  ११:०९
प्रतिक्रिया दिनुहोस्
Weather Update