Erani Mahal
पाल्पामा माओवादी केन्द्रको पालिका अधिवेशन : सर्वसम्मत नेतृत्व चयन
maooo
पाल्पा - नेकपा माओवादी केन्द्रको शनिबार पालिका तथा नगर अधिवेशन सकिएको छ । पाल्पाका दश पालिकामा माओवादीले नयाँ नेतृत्व समेत चयन गरेको छ । तानसेन नगरपालिकामा प्रतिक्षा सिंजाली अध्यक्षमा चयन हुनुभएको छ । यस्तै तिनाउ गाउँपालिकाको माओवादी नेतृत्वमा राजेश श्रेष्ठ चयन हुनुभएको निर्वाचन समितिले जनाएको छ । यस्तै बगनासकाली गाउँपालिकामा कृष्ण भुसालको अध्यक्षतामा अधिवेशनले नयाँ समिति चयन गरेको छ । रिब्दीकोटमा नारायणबहादुर कार्की, रामपुरमा यमबहादुर सुनार अध्यक्षमा निर्वाचित हुनुभएको छ । यस्तै रम्भामा हिमाल अर्याल र रैनादेवी छहरामा तुलाराम गरम्जा निर्बिरोध अध्यक्ष पदमा निर्वाचित हुनुभएको निर्वाचन समितिले जनाएको छ । शनिबार भएको अधिवेशनले पूर्वखोला, माथागढी र निस्दीमा समेत नयाँ नेतृत्व चयन गरेको छ । माओवादीका जिल्ला अध्यक्ष नेत्रप्रसाद पाण्डेयले शनिबार सबै पालिकामा सर्वसम्मत रुपमा नेतृत्व चयन गरेको बताउनुभयो । शनिबार माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले भर्चुअल माध्यम्बाट देशभरका पालिकामा भएको पार्टीको अधिवेशनको उद्घाटन गर्नुभएको थियो । यसअघि माअाेवादीले वडा अधिवेशन सम्पन्न गरिसकेकाे छ ।
प्रकाशित मिति: शनिबार, मंसिर ११, २०७८  २१:१९
प्रतिक्रिया दिनुहोस्
Weather Update