Erani Mahal
तानसेनकाे कुँडापानीमा ट्रक दुर्घटना
260444974_3026977997549904_7755673728811549249_n
पाल्पा – पाल्पाको तानसेन–१४ अर्गली कुँडापानीमा मालबहाक ट्रक दुर्घटनाग्रस्त भएको छ । बुटवलबाट ह्युमपाइप बोकेर कपिलबस्तुबाट पाल्पा हुँदै रिडीतर्फ आइरहेको ट्रक शनिबार दिउँशाे साढे ४ बजेतिर दुर्घटनामा परेको हो । < दुर्घटनामा के कति क्षति भयो भन्ने विवरण आउन बाँकी छ । प्रहरीका अनुसार ट्रकका चालक सहचालक फरार रहेका छन् । ट्रकमा तीन जना रहेकाे प्रहरीले जनाएकाे छ । फरार रहेका मानिसकाे खाेजि कार्य भइरहेकाे अर्गली प्रहरीले जनाएकाे छ । लु २ ख ४४२० नम्बरको ट्रक दुर्घटनामा परेको हो । ट्रक सडकदेखि १५ मीटर तल खसेकाे छ । img src="https://eranimahal.com/wp-content/uploads/2021/11/260374569_3026977817549922_7240817853004808890_n-768x576.jpg" alt="" width="768" height="576" class="alignnone size-large wp-image-22103" />
प्रकाशित मिति: शनिबार, मंसिर ११, २०७८  १७:०२
प्रतिक्रिया दिनुहोस्
Weather Update