Erani Mahal
काङ्ग्रेस पाल्पाको सभापतिमा अत्याधिक मतसहित श्रेष्ठ निर्वाचित
hima datta shrestha
पाल्पा – नेपाली काङ्ग्रेस पाल्पाको सभापतिमा अत्याधिक मतसहित हिमालदत्त श्रेष्ठ निर्वाचित हुनुभएको छ । सभापतिका अर्का दाबेदार कृष्ण बस्याललाई पराजित गर्दै श्रेष्ठ अत्याधिक मतसहित विजयी हुनुभएको हो । सहमतिमा नेतृत्व चयन हुन नसकेपछि विभिन्न पदमा शुक्रबार निर्वाचत भएको थियो । कुल १ हजार ३ सय १३ मत खसेकोमा श्रेष्ठ ८ सय ९० मतसहित विजयी भएको निर्वाचन समितिले घोषणा गरेको छ । उहाँका निकट्तम प्रतिद्वन्द्वी बस्यालले ३ सय ८१ मत ल्याउनुभएको छ । यस्तै कांग्रेसको उपसभापतिमा झपेन्द्र गहिरे र ज्ञानबहादुर गाहा निर्वाचित हुनुभएको छ । गहिरेले ७ सय ५४ र गाहाले ७ सय ७३ मतसहित विजयी हुनुभएको निर्वाचन अधिकृत दिनेश त्रिपाठीले जानकारी दिनुभयो । दुई जना उपसभापतिका लागि चार जनाको प्रतिष्पर्धा भएको थियो । उपसभापतिका अन्य उम्मेदवार शंकर खनालले ३ सय ६४ र माधव नेपालले ५ सय ४३ मत पाउनुभएको थियो । यस्तै सचिवमा सुनिता अधिकारी ७ सय ८५ मतसहित विजयी हुनुभएको छ । अर्काे सचिव पदमा ८ सय ७ मतसहित सन्तोष थापा निर्वाचित हुनुभएको छ । सचिव पदका अन्य उम्मेदवार हुमनाथ न्यौपानेले ३ सय ८२, खुमप्रसाद पोखरेलले ३ सय १३ मत पाउनुभएको थियो । यस्तै सहसचिव पदमा विष्णुकुमार थापा र हुमिद मिया निर्वाचित हुनुभएको छ । थापाले ७ सय ४३ र मियाले ६ सय ४१ मत पाउनुभएको थियो । यस्तै कांग्रेसको जिल्ला कार्य समिति सदस्यका लागि भएको चुनावमा सुवि विश्वकर्मा, इन्द्रनारायण श्रेष्ठ, बुद्धिप्रकाश रेग्मी, हिमाल मल्ल, टेकबहादुर थापा, बालकृष्ण जिसी, विष्णुप्रसाद पाण्डेय, मुक्तिराम बस्याल, पुरुषोत्तम अर्याल, मोहनप्रसाद श्रेष्ठ, माधव थापा, दानबहादुर पौडेल, डिलाकुमारी रानाभाट, जयसरा बाह्रघरे, सावित्रा गौतम, सरस्वतीदेवी आचार्य, शुभद्रादेवी शर्मा, कमला कार्की, गिरिजा गैरे, निर्मला पौडेल, गिता खनाल, रिता गौतम विजयी हुनुभएको छ । यस्तै सदस्यमा इन्दिरा भट्टराई, गीता भट्टराई, लक्ष्मण रायमाझी, सूर्यप्रसाद पोखरेल, अमीरबहादुर राना, कमल राना, गणेश श्रेष्ठ, युवराज चिदी, राजकुमार श्रेष्ठ, इन्दिरा राना, काजल सारु, मिनाकुमारी श्रेष्ठ, सन्ध्या बज्राचार्य, टेकबहादुर विक, तारा रसाइली, जगन्नाथ कँडेल, हेमराज गैरे र सीता पंगेनी निर्वाचित हुनुभएको निर्वाचन समितिले जनाएको छ । सबैलाइ मिलाएर अघि बढ्न रानाकाे शुभकामना निर्वाचनपछि बधाई तथा शुभकामना दिनुहुँदै निवर्तमान सभापति एवं लुम्विनी प्रदेश सरकारका उर्जा, जलस्रोत तथा सिंचाई मन्त्री वीरबहादुर रानाले काङ्ग्रेस पाल्पामा लोकतान्त्रिक प्रकृयाको माध्यम्बाट नेतृत्व चयन भएकाले त्यसलाई सबैले स्वीकार गरेर अघि बढ्नुपर्नेमा जोड दिनुभयो । उहाँले निर्वाचन लोकतान्त्रिक विधि भएकाले अब विजेता र उपविजेता सबै मिलेर एकीकृत काङ्ग्रेस बनाउनुपर्नेमा जोड दिनुभयो । उहाँले केही व्यक्तिहरुले लोकतान्त्रिक प्रकृयालाई मिचेर बल प्रयोग गरेर कांग्रेसमा अलोकतान्त्रिक गतिबिधि प्रदर्शन गरेको जिकिर गर्नुभयो । आफू बाँचुन्जेल व्यक्तिगत फाइदा भन्दा कांग्रेसलाई फाइदा हुने गतिबिधिमा सदैब क्रियाशिल हुने मन्त्री रानाले उल्लेख गर्नुभयो । नवनिर्वाचित सभापति श्रेष्ठले सबैको भावना अनुसार कांग्रेसलाई अघि बढाउने प्रतिबद्धता जनाउनुभयो । उहाँले सबै मतदाता सहित अग्रजलाई धन्यवाद दिनुभयो ।
प्रकाशित मिति: शनिबार, मंसिर ११, २०७८  १३:१३
प्रतिक्रिया दिनुहोस्
Weather Update