Erani Mahal
कांग्रेस पाल्पाकाे मतपरिणाम : सभापतिमा श्रेष्ठकाे अग्रता
k v h
पाल्पा – नेपाली कांग्रेस पाल्पाको सभापतिमा हिमालदत्त श्रेष्ठले अग्रता लिनुभएको छ । श्रेष्ठका प्रतिष्पर्धी कृष्णप्रसाद बस्याललाई पछि पार्दै श्रेष्ठले अग्रता लिनुभएको हो । हालसम्म ७ सय बढी मत गनेर सकिएको छ । ८ सय मत गन्दा श्रेष्ठले ५०९ मत प्राप्त गर्नुभएको छ । यस्तै बस्यालले २२३ मत प्राप्त गरेको निर्वाचन समितिले जनाएको छ । सहमतिमा नेतृत्व चयन सम्भव नभएपछि कांग्रेस पाल्पाको सभापति सहित, उपसभापति, सचिव, सहसचिव लगायत सदस्य पदमा निर्वाचन भएको छ । शुक्रबार सभापति सहित अन्य पदका लागि कांग्रेसका १ हजार ३ सय बढीले मतदान गरेका थिए । निर्वाचन समितिका अनुसार उपसभापतिमा झपेन्द्र गहिरेले ४६६, ज्ञानबहादुर गाहाले ५१८, माधव नेपालले २९९ र शंकर खनालले २०८ मत पाउनुभएको छ । यस्तै सचिवमा सुनिता अधिकारीले ५७२, सन्तोष थापाले ४८९, हुमनाथ न्यौपानेले २७१ र रमा पन्तले २६६ मत प्राप्त गर्नुभएको छ । सहसचिव पदमा हुमिद मियाले ४९१, विष्णुबहादुर थापाले ४२१, खुमप्रसाद पोखरेलले १५५ र हरिबहादुर कार्कीले १२० र भला बिक्रम सिंहले ७० मत प्राप्त गर्नुभएको छ । अन्य सदस्य पदमा समेत निर्वाचन भएको छ । स्रोतका अनुसार हालसम्मका जिल्ला सभापति एवं प्रदेश मन्त्री वीरबहादुर रानाले साथ पाएका उम्मेदवार विजयी हुने सम्भावना छ । जिल्लामा सभापतिमा श्रेष्ठलाई मन्त्री रानाको साथ रहेको थियो ।
प्रकाशित मिति: शनिबार, मंसिर ११, २०७८  ०९:०५
प्रतिक्रिया दिनुहोस्
Weather Update