Erani Mahal
पाल्पामा छोराको कुटपिटबाट आमाको मृत्यु
death_
पाल्पा – पाल्पा जिल्लाको रिब्दिकोट गाउँपालिका – ८ पेलाचौरमा आफ्नै छोराको कुटपिटबाट आमाको मृत्यु भएको छ । रिब्दिकोट गाउँपालिका – ८ पेलाचौरका ६२ बर्षकी मेनु सारुलाई मादक पदार्थ सेवन गरेका ४३ बर्षका आफ्नै जेठा छोरा कृष्ण बहादुर सारुले सालको लठ्ठी प्रयोग गरि कुटपिट गर्दा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय पाल्पाले जनाएको छ । घटनाको सम्बन्धमा थप अनुसन्धान जारी रहेको जिल्ला प्रहरी कार्यालय पाल्पाका सूचना अधिकारी रामेश्वर त्वातीले बताउनुभयो ।
प्रकाशित मिति: शुक्रबार, मंसिर १०, २०७८  १७:००
प्रतिक्रिया दिनुहोस्
Weather Update