Erani Mahal
पाल्पामा शुक्रबार ७ जनामा कोरोना संक्रमण पुष्टि
coronavirus_
पाल्पा–पाल्पामा पछिल्लो २४ घण्टामा ७ जनामा कोरोना संक्रमित पुष्टि भएको छ । जिल्ला स्वास्थ्य कार्यालय पाल्पाले शुक्रबार सार्वजनिक गरेको कोरोना रिपोर्टमा जिल्लाका विभिन्न स्थानका ७ जनामा कोरोना संक्रमण पुष्टि भएको हो । स्वास्थ्य कार्यालय पाल्पाका अनुसार बगनासकाली गाउँपालिकाका ४ जना र तानसेन नगरपालिकाका ३ जनामा कोरोना पुष्टि भएको हो । एन्टिजेन र पीसीआर माध्यम्बाट गरी कुल ६२ जनाको कोरोना परीक्षण गरिएकोमा ७ जना संक्रमित भएका छन् । योसँगै जिल्लामा कोरोनाका सक्रिय सङ्क्रमितको संख्या ३८ पुगेको छ । सक्रिय संक्रमितमध्ये ३५ जना होम आइसोलेसनमा र ४ जना विभिन्न अस्पतालमा उपचाररत रहेका छन् ।
प्रकाशित मिति: शुक्रबार, मंसिर १०, २०७८  १३:३९
प्रतिक्रिया दिनुहोस्
Weather Update