Erani Mahal
७ स्थानबाट एमालेको जुलुस, उदघाटनस्थलमा भेला हुने क्रम जारी
uml-10th-general-convention-chitwan-6
नेकपा एमालेको १० औं राष्ट्रिय महाधिवेशनको उदघाटन समारोहमा सहभागी हुनेहरुको जुलुस विभिन्न स्थानबाट निस्किने क्रम जारी छ । बाजागाजा, झण्डा, ब्यानरसहितको जुलुस उदघाटन समारोहमा परिणत हुने क्रम जारी छ । पूर्वी नेपालबाट आएकाहरुको जुलुस भरतपुर बस टर्मिनल (पारस बसपार्क)बाट र पश्चिम नेपालबाट आएकाहरुको जुलुस गैंडाकोटतर्फबाट निस्किएको छ । महाधिवेशन उदघाटनस्थल नारायणी नदी किनारमा जम्मा हुने क्रम जारी छ । जुलुसहरुको नेतृत्व विभिन्न जिल्ला कमिटी र जनवर्गीय संगठनका नेताहरुले गरेका छन् । जुलुसका कारण नारायणगढ क्षेत्रमा सवारी आवागमन ठप्प छ । मानिसहरुको भिडले नारायणी पुलमा एम्बुलेन्ससमेत केहीबेर जाममा परेको थियो । पूर्वपश्चिम राजमार्ग अन्तर्गतको नारायणगढ खण्ड र नारायणगढको मुख्य बजार क्षेत्रभित्र अत्यावश्यकबाहेकका सबै सवारी साधनलाई साँझ ५ बजेसम्मै प्रवेशमा रोक लगाइएको छ ।
प्रकाशित मिति: शुक्रबार, मंसिर १०, २०७८  १२:४८
प्रतिक्रिया दिनुहोस्
Weather Update