Erani Mahal
पाल्पामा चोरको बिगबिगी
CHOR-copy
पाल्पा – पछिल्लो समय पाल्पा जिल्लाको रैनादेवी छहरा र रिब्दीकोट गाउँपालिकाका विभिन्न स्थानमा चोरीका घटनामा वृद्धि भएको छ । चोरीका घटनामा वृद्धि भए पनि प्रहरीले भने अनुसन्धानलाई खासै अगाडी नबढाएको स्थानीयले बताएका छन् । चोरीका घटना बढिरहदा त्यसतर्फ प्रहरीले चासो नदिएको स्थानीयको आरोप छ । परोपकार स्वाबलम्बन बचत तथा ऋण सहकारी संस्था लिमिटेडमा चोरी र तोडफोड भएको भएपनि त्यसको अनुसन्धानमा प्रहरीले ढिलाई गरेको सहकारी संस्थाका अध्यक्ष डिल प्रसाद श्रेष्ठले बताउनुभयो । रातको समयमा सहकारीको चाबी फोरेर भित्र पसेर नगद रकम लुटेको फुटेज सिसी क्यामेरको देख्दा समेत प्रहरीले चोक पक्राउ गर्न ढिलाई गरेको हो । सहकारीबट एक लाख ३५ हजार ९ सय ९२ रुपैया नगद चोरी भएको थियो । चोरले ढोका दराज अन्य जिन्सी सामानमा क्षति पुर्याएको व्यवस्थापक रायमाझीले बताउनुभयो । प्रहरी चौकीकै नजिक दैनिक जसो चोरीका घटना बढ्नुले सुरक्षा निकायको कमजोरी भएको स्थानीयले गुनासो गरेका छन ।
प्रकाशित मिति: शुक्रबार, मंसिर १०, २०७८  १२:१६
प्रतिक्रिया दिनुहोस्
Weather Update