Erani Mahal
पाल्पा काँग्रेसमा पाैडेल पक्षकै बश्याल र श्रेष्ठकाे भिडन्त !
k v h
पाल्पा– नेपाली काँग्रेसको १४ औं महाधिवेशनमा पाल्पा जिल्ला सभापतिको लागि दुइजनाकाे उम्मेद्वारी परेकाे छ । निर्वाचन समितिले आज ११ बजेसम्मको लागि उम्मेद्वारी दर्ताको कार्यक्रम राखेपछि पाल्पामा काँग्रेस सभापति को हुने भन्ने चर्चा सुरु हुन थालेको छ । सभापतिका लागि पौडेल समूहका भनिएका कृष्ण प्रसाद बस्याल र हिमाल श्रेष्ठले उम्मेद्वारी दिनुभएकाे छ । श्रेष्ठलाइ पार्टी सभापति विरवाहादुर राना र बश्याललाइ देवराज ढकाल यमलाल तिमिल्सेना लगायतकाे समर्थन रहेकाे काँग्रेस स्राेतले जनाएकाे छ । सर्वसम्मति नेतृत्व चयन गर्ने प्रयास भएपनि पाैडेल समूहकै विचमा भिडन्त हुने देखिएकाे हाे । १ हजार ३ सय मतदात रहेकाे काँग्रेसकाे अधिवेशनले ७ जना पदाधिकारी सहित ४५ सदस्यिय कार्य समिति तय गर्ने छ । विधानमा उपसभापति सचिव र सहसचिवकाे २।२ जना हुने व्यवस्था छ भने काेषाध्यक्ष नियुक्ति हुनेछन् । उपसभापतिमा यस अघि सभापतिका दावेदार भनिएका माधव प्रसाद नेपाल, अहिलेका सचिव झपेन्द्र प्रसाद गहिरे र ज्ञान बहादुर गाहाकाे उम्मेद्वारी परेकाे छ । यस्तै सचिवमा हुमनाथ न्याैपाने रमा पन्त सन्ताेष थापा र सुनिता अधिकारीकाे उम्द्वारी परेकाे छ । यस्तै सहसचिवमा राजु पंगेनी, खुम प्रसाद पाेखरेल, विष्णु कुमार थापा, मुमिद मिया, हरी बहादुर कार्कीकाे उम्मेद्वारी परेकाे छ । यस अघि सभापितमा देवराज ढकाल, यमलाल तिमिल्सिेना, विधान श्रेष्ठ, राजेन्द्र गोपाल सिंह लगायतको पनि सभापतिमा चर्चा रहेको भएता पनि उनीहरुले उम्द्वारी दिएनन । पाल्पामा देउवा समूहलाई महाधिवेशन प्रतिनिधिमा क्लिन स्वीप नै पार्दै वरिष्ठ नेता पौडेल समूहका सदस्यहरु बढी मात्रामा छानिएका छन् तैपनि लोकतान्त्रिक अभ्यास र बन्द कोठामा मतदान हुने हुदा नेता कार्यकर्ताको रोजाईमा के पर्दछ त्यो नतिजा कुर्न आज रातीसम्म लाग्नेछ । काँग्रेसको निर्वाचन कार्यतालिका अनुसार विहान ९ देखि ९ः ३० बजेसम्म मतदाता नामावली प्रकाशन, ९ः३० देखि ११ बजेसम्म उम्मेद्वारी दर्ता, ११ देखि ११ः३० सम्म दावी विरोध, १२ः१५ मा अन्तिम नामावली प्रकाशन, १ः३० देखि ५ः३० सम्म मतदान र त्यसपछि गणना र मतपरिणाम घोषण हुने गरेर तालिका प्रकाशन गरिएको निर्वाचन अधिकृत दिनेश त्रिपाठीले जानकारी दिनुभयो ।
प्रकाशित मिति: शुक्रबार, मंसिर १०, २०७८  ११:२६
प्रतिक्रिया दिनुहोस्
Weather Update