Erani Mahal
काँग्रेस पाल्पा सभापतिमा आधा दर्जन आकांक्षीको दावी !
NC rt
पाल्पा– नेपाली काँग्रेसको १४ औं महाधिवेशनमा पाल्पा जिल्ला सभापतिको लागि पछिल्लो समयमा बढी मात्रामा तीन जनाको चर्चा बढेको छ । निर्वाचन समितिले आज ११ बजेसम्मको लागि उम्मेद्वारी दर्ताको कार्यक्रम राखेपछि पाल्पामा काँग्रेस सभापति को हुने भन्ने चर्चा सुरु हुन थालेको छ । सभापतिका लागि पौडेल समूहका भनिएका कृष्ण प्रसाद बस्याल, हिमाल श्रेष्ठ र देउवा समूहका कल्प पौडेलले उम्मेद्वारी दिने भनिएको छ । सर्वसम्मति नेतृत्व चयन भएको खण्डमा देवराज ढकाल, यमलाल तिमिल्सिेना, विधान श्रेष्ठ, राजेन्द्र गोपाल सिंह लगायतको पनि सभापतिमा चर्चा रहेको छ तर निर्वाचन कार्यतालिका अनुसार उम्मेद्वारी घोषणाको कार्यतालिका सम्म कस कसको उम्मेद्वारी पर्ने हो त्यो अहिल्यै आँकलन गर्न नसकिने काँग्रेसले जनाएको छ । तर उम्मेद्वारहरुको चर्चा भएता पनि यो समाचार तयार पार्दासम्म कसैले पनि मुख खोलेका छैनन । पाल्पामा देउवा समूहलाई महाधिवेशन प्रतिनिधिमा क्लिन स्वीप नै पार्दै वरिष्ठ नेता पौडेल समूहका सदस्यहरु बढी मात्रामा छानिएका छन् तैपनि लोकतान्त्रिक अभ्यास र बन्द कोठामा मतदान हुने हुदा नेता कार्यकर्ताको रोजाईमा के पर्दछ त्यो नतिजा कुर्न आज रातीसम्म लाग्नेछ । काँग्रेसको निर्वाचन कार्यतालिका अनुसार विहान ९ देखि ९ः ३० बजेसम्म मतदाता नामावली प्रकाशन, ९ः३० देखि ११ बजेसम्म उम्मेद्वारी दर्ता, ११ देखि ११ः३० सम्म दावी विरोध, १२ः१५ मा अन्तिम नामावली प्रकाशन, १ः३० देखि ५ः३० सम्म मतदान र त्यसपछि गणना र मतपरिणाम घोषण हुने गरेर तालिका प्रकाशन गरिएको निर्वाचन अधिकृत दिनेश त्रिपाठीले जानकारी दिनुभयो ।
प्रकाशित मिति: शुक्रबार, मंसिर १०, २०७८  ०९:३९
प्रतिक्रिया दिनुहोस्
Weather Update