Erani Mahal
लैङ्गिक हिंसा बिरुद्दको अभियान : रामपुर सेताे रिवन प्रयाेग गरिदै !
261285678_589964095542756_6642813052549281959_n
पाल्पा - लैङ्गिक हिंसा निवारण कोष रामपुरले लैङ्गिक हिंसा विरुद्धको १६ दिने अभियानमा सेतो रिवन प्रयोग गर्दै हिंसा विरुद्ध विविध कार्यक्रम गर्ने जनाएको छ । नगरपालिकाले निर्माण गरेको कार्यविधि अन्तर्गत रहेर लैङ्गिक हिंसा विरुद्धको अभियानलाई अभियानका रुपमा लैजान खोजेको लैङ्गिक हिंसा निवारण कोष सञ्चालन तथा व्यवस्थापन समिति संयोजक एंव रामपुर नगरपालिकाका नगर उपप्रमुख बिष्णुदेवी घिमिरे आचार्यले बताउनुभयो । समितिले १६ दिने अबधिभित्र कार्यालयमा व्यानर तथा जनहितमा जारी सुचना सञ्चारमाध्यमबाट प्रशारण गर्ने, लैङ्गिक हिंसा तथा यौन दुव्र्यवहार सम्बन्धी लक्षित बर्ग बिच छलफल तथा अन्तरक्रिया गर्ने र हिंसा पिडित व्यक्तिलाई अबस्था पहिचान र तत्काल उद्धार तथा सहयोग आबश्यकताको आधारमा सहयोग रकम प्रदान गर्ने गरि कार्यक्रम तय गरिएको समितिका सदस्य सचिव महिला बालबालिका तथा सामाजिक विकास शाखाका सहायक महिला विकास निरिक्षक पुजा परियारले बताउनुभयो ।
प्रकाशित मिति: शुक्रबार, मंसिर १०, २०७८  ०९:०६
प्रतिक्रिया दिनुहोस्
Weather Update