Erani Mahal
गौरीशंकर मावि मित्यालको ६१ औं वार्षिकोत्सब सम्पन्न
Gaurisankar (1)
पाल्पा- गौरीशंकर माध्यमिक विद्यालय निस्दी ४ मित्याल पाल्पाको ६१ औं वार्षिकोत्सब सम्पन्न भएको छ । विद्यालय व्यवस्थापन समितिका अध्यक्ष भुपिन्द्र सुनारीको अध्यक्षतामा भएको वार्षिकोत्सबको निस्दी गाउँपालिका अध्यक्ष मुक्त बहादुर सारुले उद्घाटन गर्नुभएको हो । शिक्षक दन बहादुर सोमैको स्वागतबाट शुरु भएको समारोहमा प्रधानाध्यापक केश बहादुर सुनारीले प्रतिवेदन पेश गर्नुभएको छ। सुनारीले आर्थिकवर्ष २०७७/०७८ को कुल १ करोड ३० लाख ८० हजार ८ सय ५१ रुपैयाँको आम्दानी खर्च विवरण सार्वजनिक गर्नुभएको हो । समारोहमा अध्यक्ष सारु , उपाध्यक्ष रिता कुमारी अर्याल , प्रमुख प्रशासकीय अधिकृत राजु नेपाल , मित्यालका कार्यवाहक वडा अध्यक्ष मन प्रसाद सोती , शिक्षा शाखा संयोजक नर बहादुर थापा लगायतले शुभकामना मन्तव्य राख्नुहुँदै विद्यालयको सफलताको कामना गर्नुभएको छ। समरोहमा गत शैक्षिकसत्रमा पुरस्कृत विद्यार्थीलाई पुरस्कार वितरण गरेको छ । साथै विभिन्न अक्षयकोषको छात्रवृत्ति समेत वितरण गरेको छ। त्यसैगरी उत्कृष्ट शिक्षक तथा विद्यालयलाई सहयोग गर्नुहुने विभिन्न व्यक्तिहरुलाई सम्मान गरेको छ । कक्षा १२ सम्म संचालित यस विद्यालयमा हाल ३ सय ९५ जना विद्यार्थी अध्यनरत छन । विद्यार्थीहरुको सांस्कृतिक कार्यक्रमले वार्षिकोत्सको सोभा बढाएको थियो । कार्यक्रमको संचालन विद्यालयका सहायक प्रधानाध्यापक किरणबाबु सुवेदीले गर्नुभएको थियो ।
प्रकाशित मिति: शुक्रबार, मंसिर १०, २०७८  ०८:४९
प्रतिक्रिया दिनुहोस्
Weather Update