Erani Mahal
स्वाधिनता रक्षाका लागि क्रान्तिकारीबिच छिट्टै एकता : पूर्व सभामुख महरा
260980033_893221727910202_4859193700784653888_n
दाङ- नेकपा माओवादी केन्द्रका प्रवक्ता एवं पूर्व सभामुख कृष्णबहादुर महराले मुलुकको राष्ट्रिय स्वाधिनता खतरामा रहेको बताउनुभएकाे छ । प्रेस सेन्टर लुम्बिनी प्रदेशको दोस्रो सम्मेलनलाई दाङको भालुवाङमा सम्बोधन गर्दै महराले अहिले देश भित्रकै प्रतिगामी र नेपालको हित नचाहाने अन्तराष्ट्रिय शक्तिबाट राष्ट्रिय स्वाधिनता खतरामा रहेको बताउनुभएकाे छ । अहिले रहेको पाँच दलीय गठबन्धन असंवैधानिक कदमका विरुद्धको गठबन्धन भएको उल्लेख गर्दै कार्यक्रमका प्रमुख अतिथिसमेत रहनुभएका महराले विचारमा फरक फरक भएपनि मुलुकको राष्ट्रियतालाई जोगाउन सबै परिवर्तनकारी शक्ति एकैठाउँमा भएको बताउनुभयाे । ‘विचारमा फरक फरक छौं तर राष्ट्रियताको सवालमा सबै सक्ति एकैठाउँमा छौंं’, उहाँले भन्नुभयाे । पछिल्लो चरणमा भएको माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड र नेकपाका महासचिव नेत्रविक्रम चन्द ‘विप्लव’ बीचको भेटघाटको प्रशंगमा महराले राष्ट्रियता र लोकतन्त्रलाई जोगाउन क्रान्तिकारी शक्तिहरु एक हुने समेत बताउनुभयाे । कार्यक्रमका विशिष्ट अतिथि लुम्बिनी प्रदेशका मुख्यमन्त्री कुलप्रसाद केसीले लोकतन्त्रको इतिहासलाई जोगाउन युग परिवर्तनशील सञ्चार क्षेत्रको विकास आवश्यक भएको उल्लेख गर्दै त्यसको नेतृत्व प्रेस सेन्टरमा आवद्ध पत्रकारहरुले गर्नुपर्ने धारणा राख्नुभयाे । कार्यक्रममा राष्ट्रिय सभा सदस्य जगप्रसाद शर्मा ‘अपार’, प्रदेश सभा सदस्य दामा शर्मा, वरिष्ठ पत्रकार नारयाणप्रसाद शर्मा पत्रकार महासंघका पूर्व अध्यक्ष गाेविन्द आचार्य लगायते सम्बोधन गर्दै नेपाली पत्रकारिताकाे विकासमा श्रमजीविकाे पक्षमा प्रेस सेन्टरहरु संगठन भन्दा अब्वल रहेकाे बताउनुभयाे । सो अवसरमा विभिन्न व्यक्तिहरुलाई सम्मान पनि गरिएको थियो । सम्मेलनमा प्रेस सेन्टरसँग आवद्ध लुम्बिनी प्रदेशका १२ जिल्लाका प्रदेश प्रतिनिधि एवं परिवेक्षकहरुको सहभागिता थियो । सम्मेलनले मान सिंह विककाे अध्यक्षतामा ४१ सदस्यिय प्रदेश समिति समेत चयन गरेकाे छ ।
प्रकाशित मिति: शुक्रबार, मंसिर १०, २०७८  ०८:४४
प्रतिक्रिया दिनुहोस्
Weather Update