Erani Mahal
वरिष्ठ पत्रकार शर्मा सहित एक दर्जन पत्रकारलाई सम्मान
prees
दाङ- प्रेस काउन्सिलका पुर्व अध्यक्ष नारायणप्रसाद शर्मा सहित एक दर्जन पत्रकारलाई सम्मान गरिएको छ । संगठनका संस्थापक तथा लुम्बिनी प्रदेशबाट संचार क्षेत्रमा भुमिका निर्वाह गर्ने व्यक्तिहरुलाई सम्मान गरिएको हाे । सेन्टर दोश्रो सम्मेलनका अबसरमा सम्मान गरिएको हाे । त्यस अबसरमा प्रेस काउन्सिल नेपालका पुर्व अध्यक्ष नारायणप्रसाद शर्मा ,नरेन्द्रजंग पीटर,बिजाेद पहाडीलाई सम्मान गरिएको थियाे । अधिबेशनका अबसरमा लुम्बीनी प्रदेशका संस्थापक गाेबिन्द आचार्य,मौसम राेका,अजयदिप शर्मा र चेतलाल कवंरलाई सम्मान गरिएकाे थियाे । त्यस अबसरमा बाेल्दै सम्मानित व्यतित्व एव प्रेस काउन्सिलका पुर्व अध्यक्ष नारायणप्रसाद शर्माले समाज रुपान्तरणकाे अभिभारा पत्रकारको काधमा आएको बताउनुभयो । थोरै कतै बिग्रेको हाे कि भन्ने जस्तो लाग्छ त्यसलाई सुधार गरेर लैजानु पर्ने देखिन्छ शर्माले भन्नू भयाे । पत्रकार समाजकाे ऐना हाे यसले समाजकाे प्रतिबिम्त गर्नु पर्छ उहाले भन्नू । सम्मेलनको नेकपा माओवादी केन्द्रका प्रवक्ता एवं पूर्व सभामुख कृष्णबहादुर महराले उद्घाटन गर्नु भएको छ। राप्ती गाउँपालिका सभाहलमा जारी सम्मेलनमा सहभागि हुन लुम्बिनी प्रदेशका १२ जिल्लाबाट दुई सय प्रतिनिधी र परिवेक्षक सहभागीता रहेकाे छ।
प्रकाशित मिति: शुक्रबार, मंसिर १०, २०७८  ०८:३३
प्रतिक्रिया दिनुहोस्
Weather Update