Erani Mahal
नेपाली कांग्रेसको गुल्मी सभापतिमा खिलध्वज पन्थीले उमेदवारी घोषणा
khildhws
गुल्मी- नेपाली कांग्रेसको गुल्मी सभापतिमा खिलध्वज पन्थीले उमेदवारी घोषणा गर्नुभएकाे छ । नेपाली कांग्रेको १४ औं महाधिवेशन अन्तर्गत शुक्रबार हुने जिल्ला अधिवेशनमा पार्टीका वर्तमान जिल्ला सचिव पन्थीले सभापति पदको उमेदवारी घोषणा गर्नुभएकाे हाे । विहिबार पन्थीले पार्टी कार्यालयमा पत्रकार सम्मेलन गरी सभापति पदको उमेदवारी घोषणा गदै पन्थीले भन्नुभयाे ‘म पुरानो पुस्तालाई सम्मान गर्दै युवा पुस्तालाई पार्टी नेतृत्वमा जोडेर पार्टीलाई चुस्त दुरुस्त बनाउन र पछाडी परेको वर्ग समुदायलाई माथी उठाउन सभापति पदको उमेदवारी घोषणा गरेको हुँ । कार्यकर्ताहरुले कर्ममुखी, गतिशिल र सशक्त नेतृत्व खोजिरहेकोले मेरो उमेदवारी अहिलेको आवश्यकता हो भन्ने महशुस गरेको छु । ’ जनतालाई विकास र समृद्धि चाहिएको सभापतिका प्रत्यासी पन्थीले बताए । ‘तम्घास सिमलटारी सडक खण्डमा पुल भई दिएको भए , मालिका गाउँपालिकाका एक जना कोरोना संक्रमितको ज्यान जाने थिएन्¸ यस्ता थुप्रै पात्रहरुले अकालमा ज्यान गुमाएका छन यसर्थ पनि नेपाली कांग्रेस गुल्मीले विकासको अभिभाकत्व लिन पनि एउटा सशक्त नेतृत्व खोजिरहेको छ , त्यसका लागि म आफु सक्षम छु भन्ने कार्यकर्ताहरुको बुझाई मैले पाएर उमेदवारी दिएको हुँ ।’–पत्रकार सम्मेलनमा उहाँले बताउनुभयाे । पूर्वसभापति सेनको समर्थन सभापतिका प्रत्यासी पन्थीलाई पूर्वसभापति त्रैलोक्यप्रताव सेनको समर्थन रहेको छ । पूर्वसभापति सेन पन्थीका पक्षमा खुलेरै लागेका छन् । नेता सेनले भने–‘महिनौंसम्म कार्यकर्ताहरुको माझमा पुगें, ग्रासरुट पुरै खिलध्वजको पक्षमा लागेको पाएँ, कांग्रेस कार्यकर्ताहरु मात्र होईन, आम सर्वसाधरण जनताले समेत खिलध्वजलाई विकास प्रेमी नेताका रुपमा मान्दा रहेछन् , विकास र खिलध्वज पर्यावाची नाम भएको पाए पछि खिलध्वज जता म पनि उतै लागेको हुँ । ’ उहाँले भन्नुभयाे–‘ हामीले भन्दाखेरी पुस्ता हस्तान्तरण भन्छौं तर पुरानो पुस्ताले नेतृत्व छाड्न नसक्दा नया पुस्ता सधै पछाडी परेका छन् यसर्थ युवा पुस्तालाई नेतृत्वमा जोडनका लागि पनि खिलध्वज पन्थीको उमेदवारी जायज मात्र नभई सर्वोत्कृष्ट उमेदारी हो ।’ ‘म आफैले बढाई चढाई गर्नै परेन , खिलध्वजको रफ्तार यसरी अगाडी बढ्यो कि उनको रफ्तारलाई कसैले रोक्ने अवस्थै रहेन् उनले भने–‘ यस्तो युवा पुस्ताले नेतृत्व पाउन भनेर मैले मात्र होईन्, नेपाली कांग्रेसका जन्मदाता महामानव बिपी कोईरालले समेत बैकुण्ठवासबाट आर्शिवाद देउन भन्ने कामना गर्दछु। ’ निर्वाचित नेपाली कांग्रेस क्षेत्र नम्वर २ का क्षेत्रिय सभापति चन्द्रबहादुर महत सहितका नेता कार्यकर्ताहरुको तालीको गडगडाहट चलेको थियो । कार्यक्रममा अर्की पार्टी सचिव बिष्णुकुमारी सापकोटा पनि थिईन् । उनले जनचाहना अनुसार नै सहमतिबाट नेतृत्व चयन हुनु पर्नेमा जोड दिनुभयाे । उहाँले महिलालाई नेतृत्वमा लैजना नचाहने पुरुष प्रधान मानसिकता कायमै रहेको दुखेसो गर्दै सहमति जुटे आफुले पनि नेतृत्वको दावी गर्ने बताउनुभयाे । उहाँले घुमाउरो पाराले सभापति पदका उमेदवार पन्थीकाे समर्थन जनाउनुभयाे । उता क्षेत्र नम्वर १ का नवनिर्वाचित क्षेत्रिय सभापति पारिश्वर ढकालले पनि युवा पुस्तालाई नेतृत्वमा जोड्न खिलध्वज पन्थीको उमेवारी अहिलेको आबश्यकता भएको बताउनुभयाे । क्षेत्र नम्वर १ कै नवनिर्वाचित महाधिवेशन प्रतिनिधी तथा चन्द्रकोट गाउँपालिका प्रमुख द्रोणबहादुर खत्रीले पनि पार्टीलाई चुस्त दुरुस्त राख्न र विकास प्रति जनताको अपेक्षा पुरा गर्न पनि खिलध्वज पन्थीको उमेदारी आबश्यक रहेको बताउनुभयाे । क्षेत्र नम्वर १ का अर्का नेता तथा कालिगण्डी गाउँपालिका प्रमुख वेद थापा मगरले भने आफै सभापतिको उमेदवारी घोषणा गर्नुभएकाे छ । त्यस गाउँपालिका बाहेक क्षेत्र नम्वर १ मा पनि पनी उम्मेदवार पन्थीको माहौल राम्रो रहेको उनी निकट कार्यकर्ता बताउँछन् । यता क्षेत्र नम्वर २ का युवा नेता तथा सचिव पदका उमेदार भगतसिंह खड्का, सह–सचिवका उमेदवार धर्मराज पाण्डे र अर्का सह सचिव पदका उमेदवार रेशम कुँवर खिलध्वज पन्थीका पक्षमा सिङ्गो क्षेत्र नम्वर २ रहेको दावी गर्दछन् । बर्तमान पार्टी सभापति भुवनप्रसाद श्रेष्ठले भने अहिलेसम्म सभापतिको उमेदवारी घोषणा गरेका छैनन् । उनले भने सर्वसम्मत भए आफु सभापति पदमा दोहरिने तर मतदान प्रकृयामा जानु परे खासै रुची छैन् ।’ श्रेष्ठ पक्षधरले केन्द्रिय सदस्य रहेका चन्द्र भण्डारीलाई खिलध्वज पन्थीलाई बोकेर हिडेको आरोप लगाउँदै आउनुभएकाे छ । केहि दिन अघिको एक कार्यक्रममा सभापति श्रेष्ठले त्यही बिषयलाई लक्षित गर्दै भनेका थिए –‘ चन्द्र भण्डारी सबैका साझा नेता बन्नु पर्छ ।’
प्रकाशित मिति: शुक्रबार, मंसिर १०, २०७८  ०८:२२
प्रतिक्रिया दिनुहोस्
Weather Update