Erani Mahal
विप्लव नेतृत्वकाे नेकपा स्थापना दिवसकाे अवसरमा तानसेनमा सभा तथा प्रदर्शन
IMG_20211124_141238
पाल्पा – नेत्रविक्रम चन्द विप्लव नेतृत्वको नेकपाले पाल्पामा प्रदर्शन सहित जनसभा गरेको छ । माओवादीका नेता तथा कार्यकर्ताले नेकपा स्थापना दिवसको अवसरमा पारेर पाल्पामा शक्ति प्रदर्शन सहित जनसभा गरेको हो । सभामा बोल्नुहुँदै सो पार्टीका केन्द्रीय सदस्य भेषराज भुसालले संसदवादी पार्टीको कारणले अहिले विदेशी हस्तक्षेप बढेको आरोप लगाउनुभयो । उहाँले अमेरिकाले शैन्य हस्तक्षेप गर्ने रणनीति अनुसार एमसीसी सम्झौता नेपालमा आएको बताउनुभयो । उहाँले नेपालको खनिज पदार्थमाथि हस्तक्षेप बढाउने भारत लगायत विदेशीले नोपलका संसदवादी दलहरुलाई रनभुल्ल पारेर हस्तक्षेप गरिरहेको जिकिर गर्नुभयो । कार्यक्रममा नेकपा पाल्पाका इन्चार्ज धिरेन्द्रा उपाध्याय, जिल्ला सेक्रटेरी भुवन जिसी लगायतकाे सहभागिता रहेकाे थियो । सभामा बोल्ने वक्ताहरुले अहिले नेपालको राष्ट्रिय स्वाधिनताको रक्षा गर्ने पार्टी विप्लव नेतृत्वको नेकपा मात्रै रहेको जिकिर गर्नुभएको थियो । सभा हुनुअघि नेता कार्यकर्ताले नाराबाजी सहित तानसेन बजार परिक्रमा गरेका थिए । कार्यक्रममा स्वागत मन्तव्य जनपरिषद् नेपालका पाल्पा जिल्ला प्रमुख मीन बहादुर आले नेपालले राख्नु भएको थियो भने कार्यक्रम संचालन श्रमिक समुदाय माेर्चा नेपालका केन्द्रीय सदस्य तथा पार्टी सचिवालय सदस्य निसान विकले गर्नु भएको थियोे ।
प्रकाशित मिति: बुधबार, मंसिर ८, २०७८  २१:०३
प्रतिक्रिया दिनुहोस्
Weather Update