Erani Mahal
आयुर्बेद सम्बद्ध संस्थाहरूकाे समीक्षा कार्यक्रम सम्पन्न
aaur
पाल्पा – जिल्ला आयुर्बेद अस्पताल केन्द्र पाल्पाको आयोजनामा वार्षिक समीक्षा कार्यक्रम सम्पन्न भएको छ । आव २०७७/०७८ मा आयुर्वेदसँग सम्बन्धित कार्यालयहरूले गरेका काम तथा गतिबिधिका बारेमा जानकारी दिइएको थियो । कार्यक्रममा जिल्ला आयुर्वेद स्वास्थ्य केन्द्र पाल्पाका निमिक्त प्रमुख माधवप्रसाद बस्यालले आव २०७७/०७८ मा जिल्लाभरिका स्वास्थ्य संस्थाबाट ४१ हजार नौँ सय ९३ जनाले सेवा लिएको बताउनुभयो । उहाँले साधारण उपचार, स्तनपायी, जेष्ठ नागरिक सेवा, पूर्वकर्म, पन्चकर्म, गाउँघर क्लिनिक र स्वास्थ्य शिविर लगायतका गतिबिधिबाट ४१ हजार बढी सेवाग्रहीले सेवा लिएको जानकारी दिनुभयो । कार्यक्रममा छहरा आयुर्वेद औषधालयका प्रमुख पंकज रायमाझी, माथागढी आयुर्वेद औषधालय चिदीपानीका प्रमुख अमृत भण्डारी, रामपुर आयुर्वेद औषधालयका प्रमुख जीवन पोखरेल, बराङ्दी आयुर्वेदका प्रमुख, रिब्दीकोट आयुर्वेद औषधालयका प्रमुख डा. रोमहर्ष नेपाललगायतले आ–आफ्नो प्रस्तुती राख्नुभएको थियो । समीक्षा कार्यक्रममा कम जनशक्ति र काेराेना कहरका बीच उल्लेखनीय उपलब्धी हासिल भएकाे उहाँहरूले बताउनुभएकाे थियाे । आयुर्वेद उपचारकाे महत्व बढ्दै गएपनि प्रचारप्रसारकाे अभावमा यसले अपेक्षित हुनु परेकाे कार्यक्रममा सहभागीले बताएका थिए । समीक्षा कार्यक्रममा रिब्दीकोट गाउँपालिकाका अध्यक्ष नारायणबहादुर जिसी, रेनादेवी छहरा गाउँपालिकाका अध्यक्ष रामबहादुर कार्की, पत्रकार लगायतको सहभागिता रहेको थियो । समीक्षा कार्यक्रम जिल्ला आयुर्वेद स्वास्थ्य केन्द्र व्यवस्थापन समितिका अध्यक्ष दिवाकर अर्यालको अध्यक्षता, वैद्य निरीक्षक सरिता केसीको स्वागत र वैद्य निरीक्षक यज्ञप्रसाद गैरेको संचालनमा सम्पन्न भएको थियो ।
प्रकाशित मिति: बुधबार, मंसिर ८, २०७८  २०:२१
प्रतिक्रिया दिनुहोस्
Weather Update