Erani Mahal
एचआइभी संक्रमितको क्षेत्रमा काम गर्ने संस्थाहरूकाे समीक्षा बैठक सम्पन्न
Untitled-1
पाल्पा – जिल्लास्थित एचआइभी संक्रमितको स्याहार, उपचार तथा सचेतनाको क्षेत्रमा काम गर्ने संस्था एवं जिल्लास्थित सरोकारवाला निकायहरूको समन्वय बैठक सम्पन्न भएको छ । बैठकमा सेभ द चिल्ड्रेन, नार्डेक नेपाल र प्रतिबद्ध सहयोग समूह लगायतका संस्थाले एचआइभी संक्रमित तथा प्रभावितको क्षेत्रमा गरेका कामकोे बारेमा जानकारी दिएका थिए । कार्यक्रममा सेभ द चिल्ड्रेनका कार्यक्रम प्रमुख सुभास श्रेष्ठले पाल्पा लगायत लुम्विनी प्रदेशमा भारतमा काम गर्न गएका मानिसको पहिचान गर्ने र उनीहरुमा संक्रमणको अवस्था जाँच गर्ने कार्य भईरहेको जानकारी दिनुभयो । श्रेष्ठले सन २०२५ सम्ममा सरकारले लक्ष्य राखेका संक्रमितको उपचार, हेरचाह तथा सचेतनाको पाटोमा ९५ प्रतिशत काम गर्ने योजना रहेको बताउनुभयो । कार्यक्रममा राष्ट्रिय ग्रामीण तथा सामुदायिक विकास केन्द्र (नार्डेक), नेपालका डिबी पछाइ्र्रले पाल्पामा सन २०२१ जनवरीदेखि अक्टुबरसम्ममा २ हजार ५ सय ४९ जनाको स्क्रिनिङ् गरेर एचआइभी परीक्षण गरिएको र ५ हजार बढीलाई व्यवहार परिवर्तनका लागि भेटघाट गरेको जानकारी दिनुभयो । उहाँले एचआइभी संक्रमण न्यनीकरण गर्न, उपचार तथा समाजमा पुनस्र्थापित हुन आफूहरुले सहयोग गरेको बताउनुभयो । समीक्षा बैठकमा प्रतिबद्ध सहयोग समूहकी कार्यक्रम संयोजक माला न्यौपालेले पाल्पामा हालसम्म ३२८ जना एचआइभी संक्रमित रहेकोमा ३२६ जनाले एआरटी औषधि सेवन गरेको जानकारी दिनुभयो । उहाँले संक्रमित प्रभावितको हेरचाह र उपचारमा आफूहरुको संस्थाले काम गरेको बताउँदै बालबालिकाको सामाजिक सुरक्षाका लागि काम गर्नुपर्नेमा जोड दिनुभयो । कार्यक्रममा पाल्पाका प्रमुख जिल्ला अधिकारी जगन्नाथ पन्तले सरोकारवालाहरूको सहभागितलाई बढाएर संक्रमितहरूको उपचार, स्याहार तथा परीक्षणमा ध्यान दिनुपर्ने बताउनुभयो । उहाँले संक्रमितहरूलाई समाजले हेर्ने दृष्टिकोण परिवर्तन नहुँदासम्म संक्रमणको अवस्थालाई घटाउन चुनौती रहेको बताउनुभयो । कार्यक्रम स्वास्थ्य कार्यालय पाल्पाका निमिक्ति प्रमुख विश्वनाथ न्यौपानेको अध्यक्षतामा भएको थियो ।
प्रकाशित मिति: बुधबार, मंसिर ८, २०७८  २०:१६
प्रतिक्रिया दिनुहोस्
Weather Update