X
80
Shares

पाल्पामा बुधबार ३ जनामा कोरोना संक्रमण पुष्टि

रानीमहल संवाददाता || ८ मंसिर २०७८,बुधबार १५:४६

पाल्पा–पाल्पामा पछिल्लो २४ घण्टामा ३ जनामा कोरोना संक्रमित पुष्टि भएको छ । जिल्ला स्वास्थ्य कार्यालय पाल्पाले बुधबार सार्वजनिक गरेको कोरोना रिपोर्टमा जिल्लाका विभिन्न स्थानका ३ जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।

स्वास्थ्य कार्यालय पाल्पाका अनुसार रामपुर नगरपालिकाका १ जना र रिब्दीकोट गाउँपालिकाका २ जनामा कोरोना पुष्टि भएको हो ।

एन्टिजेन र पीसीआर माध्यम्बाट गरी कुल २० जनाको कोरोना परीक्षण गरिएकोमा ३ जना संक्रमित भएका छन् ।

यस्तै स्वास्थ्य कार्यालयले बुधबार ९ जना संक्रमित निको भएको जनाएको छ । योसँगै जिल्लामा कोरोनाका सक्रिय सङ्क्रमितको संख्या ३७ पुगेको छ

यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया दिनुहोस

Your email address will not be published. Required fields are marked *


क्लिक मिडिया नेटवर्क प्रा.लि.पाल्पा,
नेपालद्वारा संचालित
इरानीमहल डटकमको लागि
अनलाइन न्यूज पोर्टल
ranimahalnews@gmail.com
संपादक:अमृत अधिकारी
फाेन नं : ०७५-५२२६०७
मो नं : ९८५७०६००४७
सुचना बिभाग दर्ता नं.७५२/०७४-७५

Powered By: Softbenz Infosys