Erani Mahal
ट्रुकलरमा रहेको गलत नाम कसरी परिवर्तन गर्ने ?
Truecaller
स्मार्टफोनको विकाससँगै यसमा प्रयोग हुने एप्लिकेसनहरूले हाम्रो आवश्यकताहरू सजिलै पुरा गर्ने गरेका छन्। यस्तै हामीलाई नम्बर खोज्न तथा कसैको नम्बर थाहा पाउन ट्रुकलरले निकै सहयोगी भूमिका खेल्ने गरेको छ। ट्रुकलरको सहायताले कसैको फोन आउँदा सेभ नभएको नम्बरसमेत नामसहित आउँछ। कुनै साथीको फोन आउँदा तथा नम्बर सेभ नभएको अवस्थामा उसको नामसहितको फोनले हामीलाई निकै सहयोग गर्ने गरको छ। कतिपय अवस्थामा भने ट्रुकलरमा गलत नाम सेभ हुँदा समस्या समेत पर्ने गरेको देखिन्छ। तपाईंलाई पनि ट्रुकलरमा गलत नाम सेभ भएको छ र त्यसलाई परिवर्तन गर्न चाहानुहुन्छ भने तल यसबारेमा जानकारी दिइएको छ। ट्रुकलरले कसरी तपाईंको नम्बर चिन्छ ? हामी कतिपयलाई लाग्ला म ट्रुकलर चलाउँदिन तैपनि मेरो नाम कसरी ट्रुकलरमा देखाउँछ ? ट्रुकलर तपाईंले प्रयोग नगर्दैमा तपाईंको नम्बर त्यसमा नहुने भन्ने हुँदैन। जब कुनै प्रयोगकर्ताले तपाईंको नम्बर उसको फोनमा सेभ गर्छ ट्रुकलरले त्यहीबाट तपाईंको नम्बर र सेभ भएको नाम आफ्नो डाटावेसमा पठाउँछ। अनि जब कुनै व्यक्तिले तपाईंलाई फोन सम्पर्क गर्छ इन्टरनेट एक्टिभ भएको अवस्थामा तपाईंको नम्बर डाटावेसबाट त्यसमा देखाउँछ। यसले गर्दा तपाईंले ट्रुकलर नचलाउँदा पनि तपाईंको नम्बर र नाम ट्रुकलरमा देखाउँने हुन्छ। कतिपय प्रयोगकर्ताले नम्बर गलत नाममा वा तपाईंको जिस्काउने नाममा सेभ गरेका पनि हुन सक्छन्। गलत नाममा सेभ भएका नम्बरलाई पनि तपाईं सजिलै परिवर्तन गर्नसक्नुहन्छ। कसरी परिवर्तन गर्ने त ट्रुकलरको नाम ? तपाईंको नाम गलत नाममा सेभ भएको छ भने यसका लागि तपाईंले आफैं परिवर्तन गर्न सक्नुहुन्छ। पहिला ट्रुकलरमा नम्बर खोजेर हेर्नुहोस्। अब गलत नाम छ भने ट्रुकलरमा नाम परिवर्तनको लागि तपाईंसँग दुईवटा विकल्प रहेका छन्। प्रथमत: तपाईंले ट्रुकलर डाउनलोड गरी आफैंले यसमा आफ्नो नाम सच्याउन सक्नुहुन्छ। तपाईंले ट्रुकलर डाउनलोड पश्चात त्यसमा जिमेल तथा फेसबुक मार्फत लगइन गर्नुहोस्। जब तपाईंले आफ्नै अकाउन्टमार्फत लगइन गर्नुहुन्छ त्यसपछि तपाईंलाई अन्य प्रयोगकर्ताले खोज्दा एक ब्लु टिकमार्फत भेरीफाइड भएको देखाउँछ। दोस्रो विकल्पमा यदि तपाईंसँग स्मार्टफोन छैन भने तपाईं आफ्ना साथीको ट्रुकलरमा तपाईंको नम्बर सेभ नगरी सर्च गर्न लगाउनुहोस्। गलत नाम छ भने त्यहाँ नामसँगै एक परिवर्तन गर्न मिल्ने विकल्पदेखा पर्छ। त्यस विकल्पमा गएर तपाईंको सही नाम राख्नु लगाउँनुहोस्। यसको केही समयपछि तपाईंको गलत नाम परिवर्तन भइ तपाईंले राखेको नाम आउनेछ। ट्रुकलरमा रहेको नाम कसरी हटाउने ? ट्रुकलर डाटाबाट आफ्नो नाम परिवर्तन गर्न चाहानुहुन्छ भने यसका लागि तपाईंले आफ्नो अकाउन्ट डियाक्टिभेट गर्नुहोस्। यसले तपाईंको डाटा ट्रुकलरबाट हटाउनेछ। यसका लागि एप्समा रहेको प्राइभेसी सेटिङमा गएर गर्नसक्नुहन्छ। ट्रुकलरले तपाईंको फोनबुकमा भएको नम्बर स्क्यान गरेर डाटावेसमा राख्ने भएकाले यसमा पहुँच नदिनु नै राम्रो हो। सकेसम्म कुनै पनि एप डाउनलोड गरेर इन्टल भएर खोल्दा यसले विभिन्न अनुमति माग्ने गरेको पाइन्छ। जस्तै तपाईंको फोनबुक, इमेल एक्सेस आदि मागेको हुन्छ त्यसकारण अनुमति दिने बेला यसलाई चाहिने एक्सेसमात्र दिनुहोस्। कतिपय एप्सले तपाईंको फोनमा भएको अन्य गतिविधिमा पनि नजर राखेका हुन्छन्।
प्रकाशित मिति: बुधबार, मंसिर ८, २०७८  १४:४१
प्रतिक्रिया दिनुहोस्
Weather Update