Erani Mahal
धुलाम्मे सिद्धार्थ राजमार्ग
IMG_20211119_154358
पाल्पा – बर्षायाममा सधैँ हिलाम्म्मे देखिने सिद्धार्थ राजमार्ग अन्तर्गत पाल्पा बुटवल सडक खण्ड हिउँदभर धुलाम्मे हुने गरेको छ । सिद्धार्थ राजमार्ग अन्तर्गत पाल्पा बुटवल सडक खण्ड भएर दैनिक सयौं सवारीसाधन बागलुङ्ग, गुल्मी, अर्घाखाची, स्याङ्जा र पोखरा सम्म जाने गर्दछन् । कतै साघुँरो सडक, घुमाउरो मोड र खाल्डाखुल्डी रहेको सिद्धार्थ राजमार्गको सडक खण्डमा दैनिक सवारी जाम र धुलाम्मे यात्रा गर्न यात्रुलाई आजित पारेको छ । सिद्धार्थ राजमार्ग हुदै जाने यात्रुले धुलो र जामको सास्ती खेप्नुपरेको छ । बुटवल देखि पोखरा तर्फ जादैँ गर्नु भएको यात्रु टिका रेग्मीले बर्षायाममा यात्रा गर्दा हिलो र पहिरोले मोरिएला कि भन्ने डर हुन्छ तर अहिले धुलो र जामले सास्ती भोग्दै आएको बताउनुभयो । उहाँका अनुसार सयौँ संख्यामा चल्ने सवारी साधनको चापले सडक धुलोले छयाप्पै ढाकेर चल्ने गरेको बताउनुभयो । अहिले सिद्धार्थ राजमार्ग अन्तर्गत पाल्पा बुटवल सडक खण्डको यात्राको कष्ट वर्णन गरिसाध्य छैन । साघुँरो, खाल्डाखुल्डी, धुलो आदिले राजमार्गको यात्रालाई निकै नै सकस बनाएको छ । ओहोरदोहोर गर्ने यात्रुदेखि चालक सबैले धुलो र जामले सास्ती भोग्दै आएका बताउछन । सिद्धार्थ राजमार्ग हुदै रााजनीतिककर्मीहरु देखि मन्त्रीहरुको बाक्लो नै यात्रा रहने योे सडकमा अहिले सम्म सडक मर्मत र पिर्च नहुदाँ समस्या आएको हो । राजमार्ग अन्तर्गत पाल्पा बुटवल सडक खण्डको सडक खाल्डाखुल्डी र भत्किएको धेरै भयो तर त्यसलाई मर्मत र पिच गर्नतिर सरकारको खासै ध्यान पुगेन सकेको छैन । यात्रुको सास्तीलाई ध्यानमा दिँदै सडक मर्मत र पिच गर्न उत्तिकै जरुरी छ ।
प्रकाशित मिति: बुधबार, मंसिर ८, २०७८  १४:१३
प्रतिक्रिया दिनुहोस्
Weather Update