Erani Mahal
हातखुट्टामा हुने लुलोपन र कडापन  के हो ?
510987017kk
टाउको वा मष्तिस्कमा चोटपटक लागेपछि शरिरको मांसपेशी र जोर्नीहरुको चाल, गति नियन्त्रण गर्ने मस्तिष्कको भागमा क्षति पुगेको हुन्छ । त्यही कारणबाट मांसपेशीको र हातखुट्टाहरुको चाल गतिको शक्तिमा परिवर्तन आउँछ । हातखुट्टाहरु नमोडिने गरी स्थिर आसनमा कठोर भएर वा अनौठो अवस्थामा रहन सक्छन् । टाउको वा मष्तिस्कमा चोटपटक लागेपछि मांसपेशीहरुमा दुइटा अवस्था आउन सक्छन् १ लुलोपन २ कडापन लुलोपन – लुलोपन एउटा यस्तो अवस्था हो जसको कारणले मांसपेशीहरुमा असर गरी तिनीहरुलाई पहिलेको भन्दा कमपोर, नरम र झोल्लिने लुलो बनाउँछ । टाउको वा ढाडमा चोट लागेपछि तुरुन्तै लुलोपन हुन सक्छ । कडापन (अररोपन ) – कडापन एउटा यस्तो अवस्था हो जसको कारण मांसपेशीहरुमा असर गरी मांसपेशीलाई कसिलो बनाई अररो र कडा बनाउँछ । टाउको वा ढाडमा चोट लागेको केहि हप्ता वा महिनापछि लुलोपन भई सकेपछि कडापन हुने गर्दछ । हातखुट्टाका मांसपेशीशरु नरम र लुलो भएको कसरी थाहा पाउने ?  हातखुट्टा लुलो हुने  हातखुट्टाको चाल, गतिमा कमि आउँछ वा हातखुट्टा चल्न छोड्छ । जस्तै समात्ने, थाम्ने, हिँडने, बस्ने जस्ता आदि क्रियाकलापहरु गर्न नसक्ने हुन्छ । अरु के–के समस्याहरु आउँछन् ? हातखुट्टा चल्न छोडेपछि एउटै आसन वा अवस्थामा लामो समयसम्म ओछ्यानमा पल्टिरहनु पर्ने हुन्छ । जसको कारणले निम्न कुराहरु हुन सक्छन् ः  एउटै आसन वा अवस्थामा लामो समयसम्म औछ्यानमा पल्टिरहँदा छाला थिचिएर घाउ हुन सक्छ ।  मांसपेशीहरु सुक्दै जान्छन् ।  मांसपेशीहरु कस्सिएर छोटो हुन्छन् ।  हातखुट्टाको सबै भागमा ठिक तरिकाले रगत संचार हुन छोड्छ ।  हातखुट्टाहरु सुनिन्छन्।  रक्तनलीचित्र रगत जम्न शुरु हुन्छ । कसरी थाहा पाउने ?  बिरामीको हातखुट्टा स्थिर भई पूरा समय अनौठो आसन वा एकै अवस्थामा रहन्छ ।  हातखुट्टाका मांसपेशीहरुको चाल र गति अनियन्त्रित हुन्छ ।  हातखुट्टाका मांसपेशीहरु कस्सिने क्रम बढ्दै जान्छ र मांसपेशीहरु लठ्ठी जस्तै कडा हुन्छन् । अरु के के समस्या हुन सक्छन् ? बिरामी आफ्नो इच्छाअनुसार चल्न नसक्ने भएपछि एउटै खासन वा अवस्थामा लामो समयसम्म ओछ्यानमा पल्टि रहनु परेपछि निम्न कुराहरु हुन सक्छन् ।  छाला थिचिएर घाउ हुन्छ ।  हातखुट्टाहरुको सबै भागमा ठिक तरिकाले रगत संचार हुँदैन मांसपेशीहरु सुक्दै जान्छन्  हातखुट्टाहरु एउटै आसन वा अवस्था भन्दा बाहेक अरु आसन वा अवस्थामा चलाउन सकिँदैन पीडा , दुख थाल्छ । रोकथामका लागि सुझावहरु बिरामीलाई सही आसन वा अवस्थामा राख्न र त्यसको प्रबन्ध गर्ने बारेमा केही सुझाव र सल्लाहहरु छाला थिचिएर घाउ हुनबाट बचाउनका साथै मांसपेशी र जोर्नीहरु कस्सिनबाट बचाउनको लागि हेरचार गर्ने व्यक्तिको सहयोगमा बिरामीको बसाइको आसन प्रत्येक २,२ घण्टामा ठीक तरिकाले परिवर्तन गरिरहनु पर्छ । जोर्नीको चाल र गति बारे केही सुझाव जोर्नीहरुको चाल गति कायम राख्नको लागी जोर्नीहरु चलाई राख्नु हति महत्वपूर्ण हुन्छ । तर यो ठीक तरिकाबाट चलाउनु पर्दछ । यदि बिरामी आफैले आफ्नो शरिर र हातखुट्टाहरु चलाउन असमर्थ छ भने बिरामीको हेरचार गर्ने व्यत्तिले फिजियोथेराष्पिष्टको परामर्श लिएर मात्र जोर्नीहरु ठिक तरिकाले चलाउन सहयोग गर्नुपर्छ । ध्यान दिनुपर्ने कुराहरु गतल तरिकाले मांसपेशी र जोर्नीहरु चलाएमा मांसपेशीशरु च्यातिन र बढी तन्किन सक्छ । जसले गर्दा मांसपेशी र जोर्नीमा थप चोट पुग्न जान्छ । त्यसैले अत्यन्त होशियारीका साथ र पीडा सहन सक्ने हदसम्म मात्र चलाई दिने गर्नुपर्छ । ३ टाउकोमा चोटपटक लागेपछि असर पुगेको हातखुट्टालाई झुन्ड्याएर राख्न नदिनुहोस् । किनकि यसबाट झुन्ड्याएको हातखुट्टाको भाग ठिकसँग नमिल्ने र सुनिने हुन्छ । ४ बिरामीको जोर्नीहरुलाई ठिक आसन वा ठिक स्थितिमा राख्न अर्थोटिक डिभाइसको प्रयोगबाट फाइदा पुग्दछ । अर्थोटिक सामग्री के हो ? यसले कसरी मद्दत पु¥याउँछ । अर्थोटिक सामग्री भनेको मासंपेशी र जोर्नीशरुलाई स्वाभाविक राखि राख्न मद्दत पु¥याउने सामग्री हो । यसले हातखुट्टाको स्वरुपलाई बिग्रन दिँदैन । पेशागत पुनस्र्थापनाकर्मी र आवशयक परेको बेलामा फिजियोथेरापिष्ट , अर्थोटिष्टबाट सिफारिस गरेको अर्थोटिक सामग्री मात्र प्रयोग गर्नुपर्छ । अर्थोटिक सामग्रीहरु आरामदायी नभएमा वा एलर्जी गराएमा गोलीगाँठा र गोडालाई ठिक अवस्थामा राख्न यसको तकिया वा बालुवा भरेको थैलाको प्रयोग गर्न सकिन्छ । ध्यान दिनुपर्ने कुराहरु अर्थोटिक डिभाइस राखिएका भागहरुको सरसफाइमा ध्यान दिनुपर्छ । जस्तै पसिना आएको छ कि राता टाटाहरु छन् कि हेर्नुहोस् । किनकि यी खटिराका शररुका लक्षण हुन् ।त्यसैले यी भागलाई सफा राख्नुहोस् । यदि गोलीगाँठा र गोडामा प्रयोग भएका अर्थोटिक सामग्री एलर्जी गराएमा घरमा तकिया वा बालुवा भरेका थैलाको प्रयोग गर्न सकिन्छ । ५ पोषिलो खाना खानुहोस् क्षति पुगेका मांसपेशीहरुको मर्मत गर्न र मांशपेशीशरुको शक्ति बढाउन प्रशस्त प्रोटिनयुक्त खानेकुरा जस्तै माछा, मासु,अण्डा र दुधजन्य पदार्थहरु खनुहोस्। शरीरमा पानीको मात्रा पुरा गर्न जलवियोजन हुन नदिनका लागी झोलिलो चिज (पानी जुस र सुप ) प्रशस्त पिउनुहोस् ।  बिरामीले प्रशस्त आराम लिनुपर्छ र सुत्नुपर्छ तनावबाट मुक्त हुनुपर्छ ।  धेरै तातो र धेरै चिसो वातावरणमा बस्नु हुँदैन । चिकित्सकलाई सम्पर्क गर्ने अवस्था बिरामीको मांसपेशीहरु धेरै कस्सिएर चलाउन असमर्थ भएमा काम्रो स्प्लिन्ड राखिएका हातखुट्टाहरुको ठाउँमा रातोपना , सुजन र टाकाहरु देखिएमा दैनिक कार्यहरु गर्दा जोर्नी र मांसपेशीहरुमा पीडा भएमा ध्यान दिनुपर्ने कुराहरु फिजियोथेरापी र व्यायामबाट अररो कडापन मा गर्न सहयोग गर्छ । त्यस्तै लुलोपन भएमा प्रभावित भागको चाल गतिलाई सक्रिय बनाउन प्रोत्साहित गर्छ । थप जानकारीको लागि आफ्नो चिकित्सक वा फिजियोथेरापिस्टसँग सल्लाह गर्नुहोस्।
प्रकाशित मिति: बुधबार, मंसिर ८, २०७८  १३:४३
प्रतिक्रिया दिनुहोस्
Weather Update