Erani Mahal
पाल्पामा देउवा समूह क्लिन स्वीप
sher-bahadur-deuba-3042021020703
पाल्पामा नेपाली काँग्रेसको क्षेत्रीय अधिवेशनमा देउवा समूह क्लिन स्वीप भएको छ । दुई निर्वाचन क्षेत्र रहेको पाल्पामा दुवै क्षेत्रमा पौडेल पक्षले बाजी मारेको हो । पाल्पाको क्षेत्र नम्बर १ मा पौडेल समूहको नेतृत्व गरेका झमन मगरको प्यानल विजयी भएको छ । सभापतिमा मगर ४८८ मतका साथ विजयी भए भने अर्का प्रतिस्पर्धी देउवा समूहका विष्णु बस्नेतले १०२ मत प्राप्त गरे । महाधिवेशन प्रतिनिधिमा पनि पौडेल समूहका प्रतिनिधि विजयी भएका छन् । पाल्पा क्षेत्र नम्बर २ मा पनि पौडेल समूहको प्यानल विजयी भएको छ । क्षेत्रीय सभापतिमा मुक्तिराम जिसी विजयी भएका छन् भने महाधिवेशन प्रतिनिधि पनि सबै पौडेल समूहका विजयी भएका छन् । सभापतिमा जिसीले ४६० मत ल्याए भने पराजित यादवसिंह कार्कीले २१४ मत प्राप्त गरे ।
प्रकाशित मिति: बुधबार, मंसिर ८, २०७८  ११:४५
प्रतिक्रिया दिनुहोस्
Weather Update