Erani Mahal
तानसेनमा बाथरुम गएका व्यक्ति मृत अवस्थामा फेला !
dath
पाल्पा– तानसेन स्पेशटाइम नेटवर्कमा काम गर्ने व्यक्ति बाथरुममा मृत अवस्थामा फेला परेका छन् । तानसेन मखनटोलमा रहेको तानसेन स्पेश टाइम केवल अफिसमा काम गर्ने वर्ष ३७ को शिव चौधरी अचेत अवस्थामा चुकुल लगाई बाथरुम भित्र रहेको भन्ने घरधनीले जानकारी गराएको प्रहरीले जनाएको छ । तत्कालै प्रहरी टोली खटिई निजलाई उपचारको लागि मिसन अस्पतालमा पठाएकोमा डाक्टरले मंगलवार साँझ मृत घोषणा गरेको प्रहरीले जनाएको छ । घटनाको सम्बन्धमा थप अनुसन्धान जारी रहेको प्रहरी प्रवक्ता रामेश्वर त्वातीले जानकारी दिनुभयो ।
प्रकाशित मिति: बुधबार, मंसिर ८, २०७८  ११:२०
प्रतिक्रिया दिनुहोस्
Weather Update