Erani Mahal
काँग्रेस महाधिवेशन: अर्घाखाँचीको सभापतिमा  पाैडेल पक्षका श्रेष्ठ विजयी
v
पाल्पा- नेपाली कांग्रेस अर्घाखाँचीको सभापतिमा केशव श्रेष्ठ विजयी हुनुभएकाे छ । पार्टी वरिष्ठ नेता रामचन्द्र पौडेल पक्षका श्रेष्ठले ७३१ मत प्राप्त गरी विजयी हुँदा निकटतम प्रतिद्वन्द्वी पौडेल पक्षकै इन्द्रमणि पौडेलले ३५२ मत प्राप्त गर्नुभयाे । यस्तै पार्टी सभापति शेरबहादुर देउवा पक्षीय उम्मेदवार यादवप्रसाद घिमिरेले ३०९ मत प्राप्त गर्नुभएकाे छ । निर्वाचनमा १४ सय २१ मत खसेकोमा २७ मत बदर भएको थियो । जिल्ला अधिवेशनमा निवर्तमान सभापति बिष्णुप्रसाद खनाल (मुस्कान)ले उम्मेदवारी फिर्ता गरेपछि महासमिति सदस्य केशव श्रेष्ठ, महाधिवेशन प्रतिनिधि इन्द्रमणि पौडेल र नेपाल शिक्षक संघका जिल्ला अध्यक्ष यादव घिमिरेबीच सभापति पदमा निर्वाचन भएको थियो ।
प्रकाशित मिति: बुधबार, मंसिर ८, २०७८  १०:१२
प्रतिक्रिया दिनुहोस्
Weather Update