Erani Mahal
माओवादी केन्द्र रुपन्देहीका इन्चार्ज बन्जाडेको दुर्घटनामा परि निधन
inbound2080756712593254079
बुटवल- नेकपा (माओवादी केन्द्र) रुपन्देहीका इन्चार्ज रामप्रसाद बन्जाडे ‘टंकमणी’ को दुर्घटनामा परि निधन भएको छ । मंगलबार साँझ बुटवलमा बन्जाडे सवार मोटरसाइकललाई बसले ठक्कर दिएपछि घाईते भएका बन्जाडेको बुटवलस्थित सिटि अस्पतालमा बुधबार बिहान ५:३० बजे निधन भएको सो पार्टीले जनाएको छ । भालुवाङबाट फर्किदै गर्दा बुटवल उपमहानगरपालिकाको बेलबासमा ना ७ ख ९०६ नम्बरको बसले बन्जाडे सवार लु २६ प ५८९८ नम्बरको मोटरसाइकललाई ठक्कर दिई घाइते बनाएको थियो । दुर्घटना लगत्तै अस्पताल पुर्याईएका उनलाई बुधबार बिहान चिकित्सकले मृत घोषणा गरेका हुन् । राम्रो भाषणकला र कुशल व्यवस्थापनका धनी बन्जाडेले जनयुद्धको क्रममामा पार्टी नेतृत्वसंगै सप्लाई बिभागमा लामो समय काम गर्नुभएकाे थियाे । विद्यार्थी राजनीतिबाट राजनीतिमा उदाएका बन्जाडे अखिलको केन्द्रिय महासचिव हुनुभएकाे थियाे । लामो समय अर्घाखाँची र रुपन्देहीको पार्टीको नेतृत्व गरेका बन्जाडे युवा देखि वृद्धसम्म चर्चित रहनुभएकाे बन्जाडेकाे निधनमा पार्टी र विभिन्न संघ संस्थाले शाेक व्यक्त गरेका छन् ।
प्रकाशित मिति: बुधबार, मंसिर ८, २०७८  ०९:२१
प्रतिक्रिया दिनुहोस्
Weather Update