Erani Mahal
तानसेन बजार अव्यवस्थित  सवारी पार्किङले अस्तव्यस्त !
IMG_20211122_122614
पाल्पा – पाल्पा जिल्लाको सदरमुकाम तानसेन बजारमा अव्यवस्थित सवारी पार्किङले अस्तव्यस्त बनेको छ । तानसेन बजारका बढ्दो शहरीकरण, सवारीको चाप र अव्यवस्थित सवारी पार्किङले अस्तव्यस्त बनेको हो । बजार क्षेत्रमा व्यवस्थित पार्किङका लागि कुनै व्यवस्था नहुँदा समस्या दिनदिनै बढ्दै गइरहेको छ । सडक पेटीमा व्यवसायीले राख्ने सामग्री र जथाभावी गरिने पार्किङले तानसेनलाई अस्तव्यस्त बनाएको हो । तानसेनमा पार्किङ स्थल नुहँदा सडक किनारमा हुने पार्किङले हिड्डुल गर्ने यात्रु र व्यवसायी समेत मर्कामा परेका छन् । गाउँबाट सदरमुकाम तानसेनमा किनमेल गर्न आउनुभएको सुरज विश्वकर्माले व्यवस्थित पार्किङ भए दुर्घटना कम र सवारी साधनको सुरक्षा हुने बताउनुभयो । उहाँ भन्नुहुन्छ, ‘पार्किङ गर्ने ठाँउ छैन, सुविधा छैन, जताततै भिडभाड छ, हेलमेट हराउछ, पार्किङको राम्रो सुबिधा भए सहज हुन्थ्यो ।’ तानसेन बजारमा अव्यवस्थित पार्किङका कारण सवारी साधनदेखि बाटोमा हिड्ने सर्वसाधारणले सास्ती भोग्दै आएका छन् । पार्किङकै समस्याले तानसेन बजारमा अस्तव्यस्तता बढ्दै गएको छ । यसको नियन्त्रणका लागि बेलाबखत ट्राफिक प्रहरी देखिए पनि निरन्तरता पाउन भने सकेको छैैन । यहि समस्याले तानसेन बजार क्षेत्रमा दुर्घटनाको जोखिम पनि दिनानुदिन बढ्दै गएको छ । तर, यस प्रति नगरपालिकाको ध्यान अझै गएकोे देखिदैन ।
प्रकाशित मिति: बुधबार, मंसिर ८, २०७८  ०९:३१
प्रतिक्रिया दिनुहोस्
Weather Update