Erani Mahal
काँग्रेस महाधिवेशन : नेविसंघ महामन्त्री, गाउँपालिका प्रमुख सहितका नेता पराजित !
Nc Haruwa
पाल्पा- नेपाली काँग्रेसको १४ औं महाधिवेशनको लागि प्रतिनिधि चयनको क्रममा पाल्पाबाट नेपाल विद्यार्थी संघकी महामन्त्री महेश्वरी कुँवर महाधिवेशन प्रतनिधिमिा पराजित हुनुभएको छ । यस्तै रैनादेवी छहरा गाउँपालिकाका प्रमुख रामबहादुर कार्की, रामपुर नगरपालिकाका उपप्रमुख विष्णुदेवी आचार्य समेत महाधिवेशन प्रतिनिधिमा पराजित हुनुभएको हो । उहाँहरु तीनै जना संस्थापन पक्ष (देउवा) निकटको रहेको कारण पराजित भएको काँग्रेस निकट स्रोतले जनाएको छ । पाल्पामा अधिकाँस रामचन्द्र पौडेल निकटका उम्मेद्वारहरुको मात्रै विजयी भएका छन् । खुला महलिातर्फ महाधविेशन प्रतिनिधिको उम्मेदवार कुँवरले ३१४ मत ल्याएको निर्वाचन समितिले जनाएको छ । पार्टीमा संस्थापन समूहमा रहेकी कुँवर भागबण्डामा महामन्त्री बन्नुभएकाे थियाे । पद्मकन्या क्याम्पसकी स्वतन्त्र विद्यार्थी युनियनकी उपसभापति भइसक्नुभएको थियो । यस्तै रैनादेवी छहराका गाउँपालिकाका प्रमुख रामबहादुर कार्कीले २८५ मत प्राप्त गर्नुभएको छ । उहाँ यस अघि क्षेत्रीय सभापति समेत रहनुभएको थियो । यस्तै रामपुर नगरपालिकाका उपप्रमुख आचार्यले २ सय ८२ मत ल्याएर पराजित हुनुभएको छ । यस्तै महाधिवेशन प्रतिनिधिमा सभापतिका दावेदार मानिएका पूर्व पार्टी सचिव माधव नेपाल समेत पराजित हुनुभएको छ । उहाँले ३ सय ३७ मत ल्याएर पराजित हुनुभएको छ । त्यस्तै शिक्षक संघका पूर्ब सभापती लक्ष्मण बस्याल, पूर्व केन्द्रीय संसद पदका उमेद्धार विजयराज घिमिरे पाल्पा १ बाट केन्द्रीय महाधिवेशन प्रतिनिधिमा पराजित हुनुभएको छ । घिमिरे विगत ३ वर्षदेखि बिरामी भएर उपचाररत हुनुहुन्छ । उहाँ चुनावी मैदानमा नभएपनि नेताकार्यकर्ताले स्वत:स्फूर्त मत दिएका थिए । घिमिरेले २९३ मत ल्याउनुभएकाे थियाे ।
प्रकाशित मिति: मंगलबार, मंसिर ७, २०७८  १९:१७
प्रतिक्रिया दिनुहोस्
Weather Update