Erani Mahal
काँग्रेस महाधिवेशनमा प्रदेश मन्त्री रानालाई सबैभन्दा बढी मत !
bir rana
पाल्पा- काँग्रेस पाल्पा क्षेत्र नं. २ क्षेत्रीय अधिवेशनमा प्रदेश सभा सदस्य तथा उर्जा मन्त्री वीर बहादुर रानाले सबैभन्दा बढी मत प्राप्त गरेर विजयी हुुनुभएको छ । सांसद रानाले क्षेत्र नं. २ को कुल ७ सय ४ मतमा ५ सय ४४ मत प्राप्त गर्नुभई केन्द्रीय महाधिवेशन प्रतिनिधिमा छनौट हुनुभएको छ । यस्तै दोस्रोमा युवा नेता हिमालदत्त श्रेष्ठले ५ सय २३ मत प्राप्त गर्नुभएको छ भने राजेन्द्र गोपाल सिंहले ५ सय ६ मत प्राप्त गर्नुभएको छ । नेपाली काँग्रेस क्षेत्र नं. १ मा सबै पदमा रामचन्द्र पौडेल निकटका मानिने मन्त्री राना निकटका उम्मेद्वारहरु मात्रै विजयी हुुनुभएको छ ।
प्रकाशित मिति: मंगलबार, मंसिर ७, २०७८  १७:०४
प्रतिक्रिया दिनुहोस्
Weather Update