Erani Mahal
काँग्रेस पाल्पा १ सभापतिमा झमान राज मगर निर्वाचित !
259105979_1479767102406266_5016294563727866224_n
पाल्पा- काँग्रेस पाल्पा क्षेत्र नं. १ क्षेत्रीय सभापतिमा झमान राज मगर निर्वाचित हुनुभएको छ । उहाँका निकटम प्रतिद्वन्दी विष्णु बहादुर बमरेललाई पराजित गर्दै रास मगर निर्वाचित हुनुभएको हो । रासले ४ सय ४९ मत प्राप्त गर्नुभएको छ भने, बोमरेलले १ सय ३० मत प्राप्त गर्नुभएको छ । यस्तै खुला सदस्यमा दलबहादुर थापा, मधुसुदन पोखरेल र महादेव खड्का निर्वाचित हुनुभएको छ । केन्द्रीय महाधिवेशन प्रतिनिधि दलितमा अर्जुन विक, आदिवासी जनजातिमा दिल बहादुर ढेंगा, पूणर् कुमारी सोती, विष्णु कुमार थापा, सन्दीप राना विजयी हुनुभएको छ । महाधिवेशन प्रतिनिधिमा खस आर्यमा खिमबहादुर क्षेत्री, खुला महिलामा पवित्रा पौडेल ढकाल, दुर्गादेवी भण्डारी, गंगा पंगेनी, विष्णु माया ढकाल निर्वाचित हुुनुभएको छ । क्षेत्र नं. १ को महाधिवेशन प्रतिनिधि खुला १० पदमा ज्ञानबहादुर गाहा, कल्प पौडेल, कृष्ण प्रसाद अधिकारी, खगेश्वर पाठक, दान बहादुर पछाई, देवराज ढकाल, रमण बहादुर थापा, लक्ष्मण भट्टराई, शाालिकराम पाण्डे र सन्तोष थापा निर्वाचित हुुनुभएको छ । क्षेत्र नं. १ मा अधिकांश पदमा रामचन्द्र पौडेल समूहका नेताहरु विजयी हुनुभएको छ भने केहीलाई देउवाबाट मिलाएर समेत पौडेलसमूहमा राखेर विजयी बनाइएको छ ।
प्रकाशित मिति: मंगलबार, मंसिर ७, २०७८  १६:५५
प्रतिक्रिया दिनुहोस्
Weather Update