Erani Mahal
पाल्पा काँग्रेसको क्षेत्रिय अधिवेशनमा पौडेल पक्ष विजयी !
Ramchandra-paudel_Mef1iXDzqm
पाल्पा- नेपाली काँग्रेसको जारी अधिवेशनमा पाल्पाको प्रदेश सभा निर्वाचन क्षेत्रसँगै संघीय निर्वाचन क्षेत्रमा समेत पौडेल पक्षले देउवा पक्षलाई पछारेको छ । पाल्पाको क्षेत्र नं.१ र २ मा मंगलवार भएको मतदान र बुधवार विहान प्रकाशित नतिजा अनुसार दुवै क्षेत्रमा रामचन्द्र पौडेल निकट जिल्लामा रहेका प्रदेश सभा सदस्य वीर बहादुर रानाको पक्षका उम्मेद्वारहरु विजयी भएका छन् । पाल्पामा पौडेल पक्षबाट वीर बहादुर राना र देउवा पक्षबाट पूर्व सांसद हरी नेपाल पक्षका उम्मेद्वारहरु चुनावी मैदानमा रहेका थिए । नेपाली काङ्ग्रेस पाल्पा क्षेत्र नं २ को मत संख्या ७ सय ४ रहेकोमा सभापतिमा पौडेल पक्षका मुक्तिराम जिसीले ४६० ल्याएर विजयी भएका छन् उनका निकटतम प्रतिद्धन्दी देउवा पक्षका यादव सिंह कार्कीले २ सय १४ मत प्राप्त गरेका छन् । यस्तै अन्य पदाधिकारीहरु भने निर्विरोध भएका छन् । यस्तै केन्द्रीय महाधिवेशन प्रतिनिधि खुल्ला तर्फ वीर ब. राना - ५४४, हिमाल दत्त श्रेष्ठ - ५२३, राम कार्की - ५१४, सुनिता अधिकारी - ४९८, कृष्ण प्रसाद बस्याल-४९०, शान्ता बोहोरा -४८६, मेजर सिंह केसि - ४७३ मत ल्याएर विजयी भएका छन् यस्तै धनकला गाहा -४५३, लालकुमारी राना - ४३८, शंकर रायमाझी-४३०, विधान प्रसाद श्रेष्ठ - ४२४, यमलाल तिमिल्सिना - ४२१ र रामेश्वर पन्थी - ३४४ मत प्राप्त गरी विजयी भएका छन् । महाधिवेशन प्रतिनिधि आदिवासी जनजाति खुलातर्फ राजेन्द्र गोपाल सिंह -५०६, कृष्ण बहादुर राना- ४९०, नल बहादुर राना मगर - ४८५ ल्याएका छन् । यस्तै दलित तर्फ लक्ष्मण हिताङ - ४३७, अल्पसंख्यक तर्फ जमिला मियाँ -४०९ ल्याएर विजयी भएको काँग्रेस निर्वाचन समितिले जनाएको छ । यस्तै क्षेत्र नं. १ मा क्षेत्रीय सभापतिमा पौडेल समूहकै झमान राज मगर विजयी भएका छन् । उनले ३ सय ४८ मत प्राप्त गर्दा देउवा समूहका विष्णु बोम्रेलले ११२ मत प्राप्त गरेका छन् ।
प्रकाशित मिति: मंगलबार, मंसिर ७, २०७८  ०८:५१
प्रतिक्रिया दिनुहोस्
Weather Update