Erani Mahal
तानसेन-तम्घास खण्डकाे सडक दैनिक ११ घण्टा बन्द हुने
ppp
पाल्पा – सडक डिभिजन कार्यालयले तानसेन तम्घास सडकखण्ड १५ दिन दैनिक ११ घण्टाका दरले बाटो बन्द गर्ने सूचना जारी गरेको छ । कार्यालयले मंसीर ८ गतेदेखि मंसीर २२ गतेसम्म दैनिक बिहान ११ बजेदेखि ४ बजेसम्म र बेलुकी ९ बजेदेखि बिहान ४ बजेसम्म बाटो बन्द गर्ने जनाएको छ । तानसेन तम्घास सडकखण्डको रिब्दीकोटको जोर्ते क्षेत्रमा बाटो फराकिलो गर्नका लागि सडक कार्यालयले बाटो बन्द गर्ने सूचना जारी गरेको हो । उक्त समयमा सुरक्षा निकाय र एम्बुलेन्स बाहेकका सवारीसाधनलाई संचालन गर्न नदिने सडक डिभिजन कार्यालय पाल्पाका प्रमुख रामेश्वर लम्सालले बताउनुभयो । सडक कार्यालयले विगत दुई सातादेखि सिद्धार्थ राजमार्गको झुम्सा क्षेत्रमा बाटो निर्माण गर्न भन्दै रातिको समयमा बाटो बन्द गर्दैै आएको छ । सर्वसाधारणले भने सडक डिभिजन कार्यालयले बाटो बन्द गर्न सूचना निकाल्ने तर बाटो बन्द भएका बेला ठेकेदारलाई काम द्रुत गतिमा गराउनेतर्फ भने ध्यान नदिएको गुनासो गर्दैै आएका छन् । भएका बाटा समेत सुधार गर्न नसकेको सडक डिभिजन कार्यालयले बाटो मर्मत तथा सुधार गर्ने नाममा सर्वसाधारणलाई सास्ती दिएर समयमा काम गर्न नसकेको भन्दै आलोचना हुँदै आएको छ ।
प्रकाशित मिति: सोमबार, मंसिर ६, २०७८  २०:२६
प्रतिक्रिया दिनुहोस्
Weather Update