Erani Mahal
मोतीपुर औद्योगिक क्षेत्रमा जग्गा कब्जा गर्नेको पक्षमा गृहमन्त्री
one_BKcrhTFnke
गृहमन्त्री तथा काँग्रेस नेता बालकृष्ण खाणले रुपन्देहीको मोतीपुरमा जग्गा घटाएर भएपनि औद्योगिक क्षेत्र स्थापना गर्न सकिने बताउनुभयो । हाल बसिरहेकाहरुलाई जबरजस्ती हटाएर जानुभन्दा औद्योगिक क्षेत्रको जग्गा घटाएर भएपनि औद्योगिक क्षेत्र स्थापना गर्न सकिनेतर्फ सरकारले सोच्नुपर्ने उहाँको भनाइ छ । लायन्स आँखा अस्पताल बुटवलको रजत महोत्सवको कार्यक्रमलाई सम्बोधन गर्ने क्रममा गृहमन्त्री खाणले औद्योगिक क्षेत्रको जग्गामा बसोबास गरिरहेका मोतीपुर फर्साटिकर र अमुवाका जनताको पक्षमा आफू रहेको बताउनुभयो । मोतीपुर औद्योगिक क्षेत्रको क्षेत्रफल घटाएर भएपनि औद्योगिक क्षेत्रको जग्गामा बसिरहेकालाई हटाउन नहुने बताउँदै प्रमुख जिल्ला अधिकारीलाई सोही अनुसारको व्यवस्था गर्न समेत उहाँले निर्देशन दिनुभएको छ । केही महिना पहिले मोतीपुर क्षेत्रका जग्गा अतिक्रमणको विषयलाई लिएर गोली चल्दा ४ जना मृत्यु भएको थियो । सो क्षेत्रमा सुकुम्बासीहरुले औद्योगिक क्षेत्रको जग्गा कब्जा गरेर बस्दै आएको बताइएको छ । यो ठाउँ गृहमन्त्री खाणको गृह जिल्ला हो ।
प्रकाशित मिति: सोमबार, मंसिर ६, २०७८  १०:४९
प्रतिक्रिया दिनुहोस्
Weather Update